बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

छठपर्वको अवसरमा रुपन्देही र नवलपरासीका ५ स्थानीय तहमा सार्वजनिक विदा

आइतबार, १७ कात्तिक २०७६, ११ : ४१
आइतबार, १७ कात्तिक २०७६

सद्भाव, समानता र एकताको प्रतीकको रूपमा उल्लासका साथ मनाइने छठपर्वको अवसरमा आज रुपन्देही र नवलपरासीमा ५ स्थानीय तहले सार्वजनिक विदा दिएका छन् ।

रुपन्देहीको रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाले विदा दिएका छन् । उनीहरुले सर्वाजनिक सूचना जारी गरेर विदा दिएको उल्लेख गरेका छन् । यस्तै, पश्चिम नवलपरासीका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाको रामग्राम नगरपालिका, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाले आज स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।

नेपाल सरकारले छठपर्वको दिन सार्वजनिक बिदा दिँदै आए पनि यस वर्ष छठपर्वको मुख्य दिन शनिबार परेको थियो । आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ समापन भएको छ ।

तर अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि व्रतालुहरु रातभर जाग्राम बसेको तथा यस पर्वमा ३६ घण्टा व्रत बसेका व्रतालुलाई एक दिन आरामका लागि बिदा गरिएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।

स्थानीय तहले बिदा दिन पाउने अधिकारलाई प्रयोग गर्दै तराईवासीले उत्साहका साथ मनाउने छठपर्वका अवसरमा एक दिन बिदा दिइएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले जानकारी दिए ।स्थानीय नदी, तलाउ, पोखरीमा अस्ताउँदो र उदाँउदो सूर्यलाई अर्घ दिएर छठपर्व मनाइएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप