उर्जामन्त्री र जर्मन राजदूतबीच भेटवार्ताः जर्मनीले डेढ अर्ब बरावरको सहयोग उपलब्ध गराउने
काठमाडौं– उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र जर्मनीका राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयमा आइतबार भएको भेटमा द्धिपक्षीय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो ।
मन्त्री पुनले जर्मन सरकारले उर्जा, प्रशारण लाइन र वैकल्पिक उर्जाको क्षेत्रमा गरेको सहयोगको लागी धन्यवाद दिएका थिए । उनले सोलार र मिनिग्रिड सरकारको प्राथमिकतामा रहेको भन्दै ३ वर्षभित्र करिब १२ प्रतिशत जनतामा नवीकरणीय उर्जाको माध्यमबाट स्वच्छ उर्जामा पहुँच पुर्याउने योजनामा सरकार रहेको जानकारी दिए ।
मन्त्री पुनले भने, ‘सरकारले पूर्ण विद्युतीकरणको कार्यक्रम अघि सारेको छ, त्यसमा जर्मन सरकारले उपलब्ध गराउने सहयोग हामीलाई उपयोगी हुुन्छ । ।’ मन्त्री पुनले वैकल्पिक उर्जाको कामलाई अझ प्रभावकारी बनाउन सरकारले सातै प्रदेशमा कार्यालय विस्तार गर्ने योजना रहेको बताए ।
भेटमा जर्मन राजदूत शेफरले उर्जा र वैकल्पिक उर्जाका साथै जलविद्युत क्षेत्रमा सहकार्य गर्न जर्मन इच्छुक रहेको धारणा राखे । राजदूत शेफरले वैकल्पिक उर्जालाई डेढ अर्ब बराबरको सहयोग दिने तयारीमा जर्मन सरकार रहेको जानकारी दिए ।
मन्त्री पुनले उक्त सहयोगको लागि धन्यवाद दिँदै वैकल्पिक उर्जा र नेपाल विद्युत प्राधिकरणले हिमाली र पहाडी क्षेत्रमा उक्त सहयोगलाई कार्यान्वयन गर्ने बताए । भेटमा जर्मन सरकारले वैकल्पिक उर्जामा गरेको सहयोग, तनहूँ जलविद्युत परियोजना लगायतका विषयमा समेत छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण