पोषणयुक्त खाद्यान्नको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष कँडेल
मङ्गलबार, १९ कात्तिक २०७६, १३ : ५०
काठमााडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले पोषणयुक्त खाद्यान्नको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
उपाध्यक्ष कँडेलले खाद्यान्न उत्पादनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्रले पोषणयुक्त खाद्यान्नको व्यवस्थापनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरेका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल जस्तो विकासोन्मुख देशहरुले खाद्यन्न प्रणालीमा सुधार गरेर पनि पोषणमुक्त खाद्यन्नको व्यवस्थापन गर्न सक्ने पनि स्पष्ट पारे । त्यसका लागि जनतामा चेतना जागृत गराउन लाग्नुपर्नेमा पनि उनको जोड छ ।
उपाध्यक्ष कँडेलले निजी क्षेत्रले पोषणयुक्त खाद्यन्न व्यवस्थापनका लागि सामाजिक उत्तरदायित्व अन्तरगतको कोष परिचालन गर्न सक्ने पनि स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण