बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने

बिहीबार, ०४ असार २०८३, ०१ : १९
बिहीबार, ०४ असार २०८३

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको राजकीय रात्रिभोजमा सहभागी हुन पेरिस आइपुगेका छन्। भर्साइल्समा आयोजना हुने उक्त विशेष भोजका लागि ट्रम्प पेरिस पुगेका हुन् ।

फ्रान्सको एभियानमा सम्पन्न जी–७ शिखर सम्मेलनको समापनपछि जेनेभा विमानस्थल हुँदै राष्ट्रपति ट्रम्प पेरिस पुगेका हुन् । जी–७ सम्मेलनका क्रममा उनले अमेरिका र इरानबिच भएको युद्धविराम सम्झौताको विवरण सार्वजनिक गरेका थिए ।

यद्यपि, सोही अवसरमा उनले इरानलाई कडा चेतावनी दिँदै यदि सम्झौताका सर्तहरू पालना नगरे इरानमाथि ‘भीषण बमबारी गर्ने’ धम्की समेत दिएका छन् ।

दुई देशबीचको यो सम्झौता आगामी शुक्रबार स्विजरल्याण्डमा औपचारिक रूपमा हस्ताक्षर हुने कार्यक्रम छ । इरानी विदेश मन्त्रालयले उक्त सम्झौतामा दुवै देशका राष्ट्रपतिहरूले हस्ताक्षर गर्न सक्ने बताएको छ । राष्ट्रपति ट्रम्पले आफू हस्ताक्षर समारोहसम्म स्विजरल्याण्डमा बस्ने वा नबस्ने भन्नेबारे स्पष्ट पुष्टि नगरे पनि आफू ‘बस्न सक्ने’ संकेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप