बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’

बिहीबार, ०४ असार २०८३, ०१ : ४०
बिहीबार, ०४ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा इंग्ल्याण्ड र क्रोएसिया आज आमनेसामने हुँदै छन् ।
  • इंग्ल्याण्डको नेतृत्व ह्यारी केनले र क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् ।
  • दुवै टोली जितका साथ अंक तालिकामा बलियो पकड बनाउने रणनीतिका साथ मैदान प्रवेश गर्दै छन् ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को निकै प्रतीक्षित खेलमा आज दुई फुटबल शक्ति राष्ट्र इंग्ल्याण्ड र क्रोएसिया आमनेसामने हुँदै छन् । अमेरिकाको डालस स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहीबार बिहान १ः४५ बजे सुरु हुनेछ ।

नयाँ अभियानको सुखद सुरुवात गर्ने लक्ष्यका साथ दुवै टोलीले आफ्ना बलिया खेलाडीहरूलाई मैदान उतारेका छन् । इंग्ल्याण्डको नेतृत्व स्टार स्ट्राइकर ह्यारी केनले गरिरहेका छन् भने क्रोएसियाको कप्तानी अनुभवी मिडफिल्डर लुका मोड्रिचले सम्हालेका छन् ।

यस्तो छ दुवै टोलीको सुरुवाती ११

इंग्ल्याण्ड 

इंग्लिस टोलीको गोलरक्षकमा जोर्डन पिकफोर्ड रहेका छन्। रक्षापंक्तिमा रिस जेम्स, एज्री कोन्सा, जोन स्टोन्स र निक ओरेली छन्। मिडफिल्डमा इलियट एण्डरसन र डिक्लन राइसले जिम्मेवारी सम्हाल्नेछन् भने आक्रामक मिडफिल्डमा नोनी माडुएके, जुड बेलिङ्घम र एन्थोनी गोर्डन रहेका छन्। टोलीको अग्रपङ्क्ति ह्यारी केनले सम्हाल्नेछन् ।

क्रोएसिया

क्रोएसियाका लागि डोमिनिक लिभाकोभिच गोलरक्षकको भूमिकामा छन् । डिफेन्समा जोस्को ग्वार्डिओल, लुका वुस्कोभिच र जोसिप सुटालो रहेका छन् । मिडफिल्डमा इभान पेरिसिच, पेटार सुचिच, कप्तान लुका मोड्रिच र जोसिप स्टानिसिच रहेका छन्। यस्तै मार्टिन बटुरिना र मारियो पासालिच आक्रामक मिडफिल्डरका रूपमा छन् भने अग्रपंक्तिमा पिटर मुसा रहेका छन् ।

समूह ‘एल’ को यो खेललाई यस विश्वकपको सुरुवाती चरणकै सबैभन्दा रोमाञ्चक खेलहरूमध्ये एक मानिएको छ। दुवै टोली जितका साथ अंक तालिकामा बलियो पकड बनाउने रणनीतिका साथ मैदान प्रवेश गर्दै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप