बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता

बिहीबार, ०४ असार २०८३, ०२ : ००
बिहीबार, ०४ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा इंग्ल्याण्डले क्रोएसिया विरुद्ध सुरुवाती अग्रता लिएको छ ।
  • इंग्ल्याण्डका कप्तान ह्यारी केनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
  • खेलको १० औँ मिनेटमा ह्यारी केनले पेनाल्टीको अवसर चुकाए पनि ११ औँ मिनेटमा भीएआरको सहयोगमा पुनः पेनाल्टीको निर्णय भएपछि १२ औँ मिनेटमा गोल गरे ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा इंग्ल्याण्डले क्रोएसिया विरुद्ध सुरुवाती अग्रता लिएको छ । डालस स्टेडियममा जारी खेलमा इंग्ल्याण्डका कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।

खेलको सुरुवातमै निकै नाटकीय दृश्य देखियो । १० औँ मिनेटमा ह्यारी केनले पेनाल्टीको अवसर चुकाएका थिए । तर, ११ औँ मिनेटमा भीएआरको सहयोगमा पुनः पेनाल्टीको निर्णय भएपछि १२ औँ मिनेटमा केनले कुनै गल्ती नगरी गोल गरे ।

खेलमा इंग्ल्याण्ड १–० ले अगाडि छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप