नवलपरासीमा मोटरसाईकल दुर्घटना, १ जनाको मृत्युु
मङ्गलबार, १९ कात्तिक २०७६, १७ : ४९
बुटवल– नवलपरासीको सरावल गाउँपालिका वडा नं.३ जनकपुरमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भुतहा महेशपुर सडकखण्ड अन्तर्गत पिपराबाट सरावल आउँदै गरेको युपी ७९ एस ६३२४ नम्बरको मोटरसाइकल पुलमा ठोक्किएपछि १ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परि सरावल गाउँपालिका वडा नं.३ सरावलका २७ वर्षीय निरज चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चौधरीको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोबरहियाले जनाएको छ । चौधरीको शव पोस्टमार्टमका लागी पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण