मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा मोटरसाईकल दुर्घटना, १ जनाको मृत्युु

मङ्गलबार, १९ कात्तिक २०७६, १७ : ४९
मङ्गलबार, १९ कात्तिक २०७६

बुटवल– नवलपरासीको सरावल गाउँपालिका वडा नं.३ जनकपुरमा  मोटरसाईकल दुर्घटना हुँदा  १ जनाको मृत्यु भएको छ । भुतहा महेशपुर सडकखण्ड अन्तर्गत पिपराबाट सरावल आउँदै गरेको युपी ७९ एस ६३२४ नम्बरको मोटरसाइकल पुलमा ठोक्किएपछि १ जनाको मृत्यु भएको हो । 

दुर्घटनामा परि सरावल गाउँपालिका वडा नं.३ सरावलका २७ वर्षीय निरज चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चौधरीको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोबरहियाले जनाएको छ । चौधरीको शव पोस्टमार्टमका लागी पृथ्वीचन्द्र अस्पताल परासी पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप