भेरी करिडोरमा स्तरोन्नति यसै आर्थिक वर्षमा शुरु हुन्छ: मन्त्री बस्नेत
जाजरकोट– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भेरी करिडोरअन्तर्गत रिम्ना–दल्ली सडकखण्डको यसै आर्थिक वर्षमा स्तरोन्नतिको काम हुने बताएका छन् । जिल्ला समन्वय समितिको समीक्षा बैठकमा आज उनले पूर्वाधार निर्माणनै विकासको पहिलो आधार भएकाले जिल्लाका सबै सडकको स्तरोन्नतिको लागि यसै आवबाट काम शुरु हुने बताए ।
मन्त्री बस्नेतले वातावरणीय प्रभाव मूल्याङ्कनको काम करीब करीब सकिएकाले सडकको स्तरोन्नतिको काम शुरु हुने उल्लेख गर्दै पिछडिएको जिल्लाबाट जाजरकोटको परिचय बदल्नका लागि धेरै दिन पर्खनु नपर्ने बताए ।
लुम्बिनी–रारा सडकखण्डअन्तर्गत जाजरकोट खण्डको खलङ्गा–पाँचकाटिया सडकखण्डमा बजेट निर्धारण गरी काम गर्न लागिएको बताउँदै उनले पहिलो चरणमा सबै स्थानीय तहमा सडक कालोपत्र गर्ने काम हुने उल्लेख गरे ।
मन्त्री बस्नेतले सडक निर्माण नै विकासको पहिलो आधार भएकाले सडक निर्माणपछि मात्र हाम्रा गाउँमा उत्पादित वस्तु बजारसम्म पुग्ने भन्दै अर्थ उर्पाजनको मुल आधार त्यहीबाट शुरु हुने बताए ।
जाजरकोट आएको बजेट खर्च गर्न नसक्दा समस्या भएको यर्थाथ बताउँदै उहाँले यसका लागि नागरिक सचेत भएर खबरदारीका लागि आग्रहसमेत गरे । जिल्लाका तीन ठाउँमा विद्युत् प्रसारणका लागि सवस्टेशन निर्माण गर्न लागिएको मन्त्री बस्नेतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण