तीन महिनामै ग्लोबल आईएमई बैंकको नाफा ७५ करोड ३१ लाख
काठमाडौं । ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ७५ करोड ३१ लाख रुपैयाँ खुदनाफा गरेको छ । चालु आर्थिक वर्षको असोजसम्म बैंकले खुद नाफा ४०.५५ प्रतिशत बढाएको हो ।
मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाशको वित्तीय विवरणमा अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५३ करोड ५८ लाख रुपैयाँ नाफा गरेको जनाइएको छ । नाफा २१ करोड ७२ लाख रुपैयाँ बढेको जानकारी दिएको छ ।
समीक्षा अवधिमा बैंकले १ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ खुदब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १अर्ब २० करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । ३ महिनाको नाफाबाट बैंकले सेयरधनीलाई २८ करोड ११ लाख रुपैयाँ नाफा वितरण गर्न सक्नेछ ।
वित्तिय विवरणमा चालु आर्थिक वर्षमा बैंकको निष्क्रिय कर्जा घटेर ०.८५ प्रतिशतमा झरेको जनाइएको छ भने अघिल्लो वर्षको सोही अवधिमा १.०५ प्रतिशत रहेको जनाइएको छ ।
त्यस्तै विवरणमा निक्षेप लागत घटेर ७.१३, सीसीडी रेसियो ७८.२६, आधारदर घटेर ९.४४ र स्प्रेडदर ४.९ प्रतिशत रहेको बैंकले जनाइएको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८७ पैसा छ । यस्तै प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ७० पैसा रहेको बैंकले जनाएको छ ।
समीक्षा अवधिसम्म बैंकले १ खर्ब २८ अर्ब ९९ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब १८ करोड ४८ लाख रुपैयाँ कर्जा लगानी गरेको वित्तिय विवरणमा उल्लेख छ । निक्षेप गत वर्षको भन्दा झण्डै ८ अर्ब रुपैयाँ बढेको र समीक्षा अवधिमा निक्षेप र कर्जा वृद्धि हुनुका साथै तरलताको अवस्था पनि सहज रहेको बैंकले सार्वजनिक गरेको वित्तिय विवरणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण