नवनियुक्त प्रदेश प्रमुख परियारद्वारा पदभार ग्रहण
जनकपुर । नवनियुक्त प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारलाई जनकपुरमा स्वागत गरिएको छ ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले उनलाई जनकपुर विमानस्थलमा स्वागत गरेका थिए । स्वागत लगत्तै उनीहरु काठमाडौँका लागि प्रस्थान गरेका थिए ।
यस्तै परियारलाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेश सरकारका भौतिक पूवार्धार तथा विकास मन्त्री जितेन्द्र सोनलले स्वागत तथा अभिनन्दन गरेका थिए । लगत्तै नेपाली सेनाको एक टुकडीले प्रदेश प्रमुख परियारलाई सलामीका साथ सम्मान गरेको थियो ।
स्वागत समारोहमा नम्बर २ का मुख्यसचिव दिपक सुवेदी, प्रदेश प्रहरी प्रमुख प्रद्युमन कार्कीलगायत पनि सहभागी थिए ।
यता प्रदेश प्रमुख परियारले पदभार ग्रहण गर्दै संविधानसम्मत प्रदेश प्रमुखले गर्ने काम कर्तव्य गर्ने बताए । उनले विगतमा आफू पार्टीको नेता कार्यकर्ता रहेको तर अहिले जिम्मेवार पदमा रहेको भन्दै विधेयकहरु अध्ययन गरी राष्ट्र हित र संविधानसम्मत रहेमा मात्रै प्रमाणीकरण गर्ने स्पष्ट पारे ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण