‘खाद्य तथा पोषण सुरक्षा’ कार्यक्रम सफल बनाउन आग्रह
काठमाडौँ । सरकारले ‘खाद्य तथा पोषण सुरक्षा’ कार्यक्रमलाई सफल बनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले खाद्य तथा पोषण सुरक्षा कार्यक्रम सरकार एक्लैको प्रयासमा सफल नहुने भएकाले यसमा सहकारी, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरुले पनि सहयोग गर्नुपर्ने स्पष्ट पारे ।
बिहीबारबाट काठमाडौंमा सुरु भएको पोषणयुक्त खाद्यसम्बन्धि अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै उनले नेपाल सरकारले दीगो विकास लक्ष्य हाँसिल हुने गरी गरिवी निवारण गर्न र षोषणयुक्त खाद्य बस्तु उत्पादनमा विशेष जोड दिएको बताए । सचिव जिसीले नेपाल सरकारले कृषिजन्य खाद्य बस्तुको उत्पादन गर्दा वातावरणमा प्रतिकूल असर पर्न नदिने योजना तय गरेको बताए ।
सचिव जिसीले वातावरणमा प्रतिकूल असर हुने गरी नेपालले कुनै पनि कृषिजन्य बस्तुको उत्पादन नगर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडले आयोजना गरेको २ दिने सो अन्तराष्ट्रिय गोष्ठीमा भारत, नेदरल्याण्ड, भियतनाम, बंगलादेश, भुटानलगायतका देशहरुका कृषि विज्ञहरु सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण