सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

समाजवादी पार्टीद्वारा मनोनयन दर्ता, को कहाँ ?

बिहीबार, २१ कात्तिक २०७६, १६ : ३७
बिहीबार, २१ कात्तिक २०७६

काठमाडौं । समाजवादी पार्टीले उपनिर्वाचन अन्तरगत प्रतिनिधिसभा सदस्य निर्वाचन र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी मनोनयन दर्ता गरेको छ ।

प्रतिनिधिसभाका लागि कास्की-२ बाट धर्मराज गुरुङले उम्मेद्वारी  दिएको साे पार्टीले जनाएकाे छ । उनले १३ नं. मा आफ्नो उम्मेद्वारीको मनोनयनपत्र दर्ता गराएका थिए ।

प्रदेशसभातर्फ बाग्लुङ २(२) मा अशोककुमार विक (द.नं. २) ले उम्मेद्वारी दिएका छन् । दाङ क्षेत्र नं. ३(२) मा डिल्लीबहादुर डाँगी (द.नं. ७) ले उम्मेद्वारी दिएका छन् भने भक्तपुर निर्वाचन क्षेत्र नं. १(१) मा सुदर्शनकुमार मुनकर्मी (द.नं. १०) ले उम्मेद्वारी मनोनयनपत्र दर्ता गराएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप