सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई १ करोडसम्म लोन दिने सरकारको तयारी
काठमाडौं– सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोडसम्मको लोन प्रवाह गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई बढीमा एक करोडसम्मको लोन प्रवाह गर्ने तयारी गरिएको जानकारी दिएका हुन् ।
शुक्रबार सिंहदरबारमा गैर सरकारी संस्था महासंघ–नेपाल, उपभोक्ता महासंघ, कर्मचारी सञ्चय कोषलगायतका पदाधिकारीहरुसँगको सामूहिक छलफलमा बोल्दै उनले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरुको मागलाई ध्यानमा राखेर सरकारले उनीहरुलाई घरजग्गा वापत बढिमा १ करोड र शैक्षिक कर्जा बापत बढिमा ३५ लाख लोन प्रवाह गर्ने कार्यविधि तय गरी मन्त्रालयमा छलफल भइरहेको पनि बताए ।
मन्त्री विष्टले लोन प्रवाहको सो विधि सामाजिक सुरक्षा कोषको अवधारणासँग मेल नखाएपनि विभिन्न निकायले दिएको सुझावको आधारमा सरकारले सो कोषमार्फत् लोन प्रवाह गर्ने सोचलाई अघि बढाएको पनि स्पष्ट पारे ।
त्यसअवसरमा मन्त्री विष्टले सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको स्वीकार गर्दै त्यसको प्रचारात्मक अभियानलाई तीव्रता दिने पनि बताए । कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ, नेपालका अध्यक्ष जितराम लामाले सामाजिक सुरक्षा कार्यक्रम अनौपचारिक क्षेत्रमा काम गर्नेहरुका लागि अति उपयोगी भएको उल्लेख गर्दै त्यसको प्रचार अभियानमा जोड दिन सरकारलाई सुझाव दिएका थिए ।
अध्यक्ष लामाले अनौपचारिक क्षेत्रमा ३ महिना काम गरेर वर्ष दिनसम्म जीवन यापन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनीहरुको सेवा र सुविधाको उचित व्यवस्थापन हुने गरी सामाजिक सुरक्षाको प्रबन्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण