अष्ट्रेलियाको सानदार जित
काठमाडौं– पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिज अष्ट्रेलियाले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा शुक्रबार अष्ट्रेलियाले पाकिस्तानलाई १० विकेटले हरायो । यससँगै अष्ट्रेलियाले सिरिज २–० ले कब्जा जमाएको हो ।
एकसय सात रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ११.५ ओभरमा विना विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले अविजित ५२ रन बनाए । डेविड वार्नरले अविजित ४८ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६ रन बनाएको थियो ।
पाकिस्तानका लागि इफ्तिखार अहमदले ४५ र ओपनर इमाम उलहकले १४ रन बनाए । अन्य ब्याट्सम्याने दोहोरो संख्यामा रन बनाउन सकेनन् । अष्ट्रेलियाका केन रिचड्सनले तीन, मिचेल स्टार्क र सीन एर्बोटले दुई दुई विकेट लिए । एस्टोन अगरले एक विकेट लिएका थिए । यसअघि पहिलो खेल बर्षाको कारण रद्ध भएको थियो । दोस्रो खेलमा अष्ट्रेलिया सात विकेटले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण