भारतीय सर्वोच्च अदालतको ‘अयोध्यासम्बन्धी फैसला’बाट सन्तुष्ट नरहेको मुद्दाको मुसलमान पक्षको भनाई
एजेनसी । भारतको सर्वोच्च अदालतले बाबरी मस्जिद–राम जन्मभूमि विवादको केन्द्रमा रहेको जमिनलाई हिन्दू पक्षलाई दिने फैसला गरेको छ ।
मुस्लिम पक्षधर ‘सुन्नी वक्फ बोर्ड’ले आफूहरु फैसलामा सन्तुष्ट नरहेको बताएको छ । सर्वोच्चको फैसला पछि एक पत्रकार सम्मेलन गरेर सुन्नी वक्फ बोर्डका वकिल जफरयाब जिलानीले यसको जानकारी गराएका हुन् ।
तथापि देशको सर्वोच्च न्यायिक निकायबाट भएको फैसलालाई आफूहरुले सम्मान गर्ने जिलानीले बताए ।
जिलानीले भावी दिनमा फैसलामा रहेका त्रुटीविरुद्ध कस्तो कदम उठाउने भन्नेबारेमा छलफलमार्फत निर्णय लिने बताए ।
शनिबार भारतीय सर्वोच्च अदालतका पाँच न्यायाधीशको बेन्चले सर्वसम्मतीबाट अयोध्याको विवादित भूमिमाथिको मुस्लिम पक्षको दावी खारेज गर्दै हिन्दू पक्षलाई जमिन दिने निर्णय सुनाएको हो ।
अदालतले राम–जन्मभूमि न्यासलाई विवादको केन्द्रमा रहेको २.७७ एकड जमिनको हक दिएको छ । उता सुन्नी वक्फ बोर्डलाई अयोध्याभित्रै पाँच एकड जमीन दिइने पनि अदालतको फैसलामा उल्लेख छ ।
फैसलामा मन्दिर निर्माणका लागि केन्द्र सरकारलाई तीन महिनाभित्र ट्रष्ट बनाउन निर्देशन दिइएको छ ।
जिलानीले पत्रकार सम्मेलनमा भने ,‘अदालतको फैसला हाम्रो अपेक्षा अनुरुप सन्तोषजनक छैन । हामी यसमा सन्तुष्ट छैनौं । खास गरेर मस्जिद रहेको जमिन र नमाज पढिने गरेको भित्री प्राङ्गणको जमिन अर्को पक्षलाई दिइएको छ । हामी यसलाई न त्रुटी भन्न सक्छौं न न्याय नै मान्न सक्छौं । हामीहरु यस सम्बन्धमा आवश्यक कानुनी कदमबारे फैसलाको पूर्ण पाठ पढेपछि बताउनेछौं । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण