प्लास्टिकका बोतल प्राकृतिक रुपमै नष्ट हुन चार सय वर्ष लाग्ने
प्लास्टिकबाट विश्वव्यापी वातावरणीय प्रदूषणका लागि कोकाकोला ब्रान्ड मुख्य जिम्मेवार रहेको पाइएको छ । छ महादेशका ५१ देश समेटेर ब्रेक फ्री फ्रम प्लास्टिकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबैभन्दा धेरै प्लास्टिक फोहोर उत्पादन गर्ने प्रतिष्ठानमा कोकाकोला परेको हो । उसको अध्ययनमा गत वर्ष पनि कोकाकोला नै पहिलो स्थानमा थियो ।
ब्रेक फ्रिले अध्ययनमा भनेको छ, वातावरण संरक्षण क्षेत्रमा सक्रिय अन्तर्रा्ष्ट्रिय संस्था नेसनल जिओग्राफिकका अनुसार विश्वभर प्रतिमिनेट १० लाख टन प्लास्टिक उत्पादन हुन्छ ।
पुनः प्रयोग गर्न मिल्ने भए पनि उत्पादितमध्ये ९ प्रतिशत मात्रै पुनः उत्पादनमा जाने गरेको छ । बाँकी १२ प्रतिशत जलाएर नष्ट गरिन्छ । यसले वायु प्रदूषणलाई बढावा दिन्छ । बाँकी ७९ प्रतिशत प्लास्टिक डम्पिङसाइट या अन्य क्षेत्रमै रहेको हुन्छ ।
पोलिथिन टेरिफ्थालेटबाट बन्ने प्लास्टिकका बोतल प्राकृतिक रूपमै नष्ट हुन चार सय वर्ष लाग्छ । एक अध्ययन प्रक्षेपणअनुसार सन् २०५० सम्ममा १२ अर्ब मेट्रिक टन प्लास्टिक फोहोर विश्वमा थपिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण