भक्तपुरमा मोटरसाइकल नालीमा खस्यो, १ जनाको मृत्यु
भक्तपुर– छुट्टाछुट्टै दुर्घटनामा १ जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । काभ्रेपलाञ्चोकको नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नंको मोटरसाइकल अनियन्त्रित भई चाँगुनारायण–९ ताथली फैढोकामा नालीमा खस्दा चालक ४६ वर्षीय छवि भण्डारीको मृत्यु भएको हो । उनको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिए ।
यस्तै नगरकोटबाट ताथलीतर्फ आउँदै गरेको बा१५च ३५६७ नंको बोलेरो जीपले सोही दिशाबाट आउँदै गरेको बा८३प ८७३४ नंको स्कुटरलाई चाँगुनारायण–८ जितपुरमा ठक्कर दिँदा तीन जना घाइते भएका छन् । दुर्घटनामा स्कुटर चालक काठमाडौं–१६ बस्ने १८ वर्षीया सुनिता जिमी राई, बोलेरो जीपका चालक काभ्रे मण्डनदेउपुर नपा–२ का ३५ वर्षीय मङ्गलबहादुर तामाङ र १८ वर्षीय सुवास तामाङ तथा मण्डनदेउपुर नपा–५ का ५५ वर्षीय गोकुल ढकाल घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण