राष्ट्रिय जनमोर्चाले भन्यो–नेकपाले चुनावी तालमेलको सहमति पालना गरोस्
काठमाडौँ । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टीले उपनिर्वाचनका सम्बन्धमा भएको तालमेलको सहमति नेकपाले इमान्दारितापूर्वक पालना गर्नुपर्नेमा जोड दिएको छ ।
दुई पार्टीबीच बागलुङ निर्वाचन क्षेत्र नम्बर २ (ख) मा नेकपाले जनमोर्चाका उम्मेदवारलाई सघाउने र अन्य स्थानमा नेकपा उम्मेदवारलाई जनमोर्चाले सघाउने सहमति भएको छ ।
तर, बागलुङमा नेकपा निकट नेताको बागी उम्मेदवारी दिएपछि शशंकित बनेको जनमोर्चाले एक विज्ञप्तिमार्फत नेकपाले समझदारीलाई इमान्दारितापूर्वक पालन गर्नुपर्नेमा जोड दिएको हो ।
‘उपनिर्वाचनमा नेकपासित भएको समझदारीलाई इमान्दारितापूर्वक पालन गर्ने कुरामा हामीले विश्वास दिलाउँछौँ भने नेकपाबाट पनि हामीले त्यही कुराको आशा गर्दछौँ’, प्रवक्ता दुर्गा पौडेलले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा बीचमा भएको समझदारीअनुसार बागलुङको बुर्तिवाङमा प्रदेशसभाको चुनाव र प्यूठानको ऐरावतीको बरौलाको वडा अध्यक्षको चुनावमा नेकपाले हाम्रो उम्मेदवारहरूलाई समर्थन गर्ने र हामीले अन्यत्रका केन्द्र र प्रदेश वा स्थानीय तहका चुनावहरूमा नेकपाका उम्मेदवारहरूलाई समर्थन गर्ने समझदारी भएको छ ।’
चुनावसम्बन्धी संयुक्त कार्यक्रमहरूमा दुवै पक्षहरूले मतभेद भएका विषयहरू नउठाउने तथा एकअर्काको आलोचना नगर्ने आचारसंहिता पालन गर्नुपर्ने आवश्यकतामा पनि जनमोर्चाले औंल्याएको छ ।
‘हामीले आफ्नातर्फबाट त्यस प्रकारको आचारसंहिता पालना गर्न विश्वास दिलाउँछौँ र नेकपासित पनि त्यस प्रकारको आचारसंहिता पालन गर्न अनुरोध गर्दछौँ ।’
समझदारी दुबै पक्षबाट कार्यान्वयन भए उपचुनावमा उठेका दुवैपक्षका उम्मेदवारहरू विजयी हुने जनमोर्चाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण