प्रदेश सञ्चार विधेयक तत्काल फिर्ता लिन माग
मङ्गलबार, २६ कात्तिक २०७६, १५ : २७
जनकपुर । प्रदेश नम्बर २ को सरकारले प्रदेश सभामा टेबुल गरेको सञ्चार विधेयक फिर्ता लिन नेपाल पत्रकार महासंंघ प्रदेश नम्बर २ ले माग गरेको छ ।
नेपाल पत्रकार महासंघ प्रादेशिक समितिले गरेको आन्दोलन र दिएको सुझावलाई समेत प्रदेश सरकारले बेवास्ता गरेको भन्दै प्रदेश सभामा टेबुल गरेको प्रदेश संचार विधेयक तत्काल फिर्ता लिन माग गरिएको हो ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव किरणकुमार कर्णले जारी गरेको विज्ञप्तिमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले पटक पटक गरेको प्रतिवद्धतालाई समेत बेवास्ता गरी प्रदेशसभामा पत्रकार विरोधी सञ्चार विधेयक प्रदेशसभामा टेबुल गरेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा तत्काल सो विधेयक फिर्ता लिई छलफल र विचारविमर्शको आधारमा नयाँ विधेयक बनाउन माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण