प्रदेश सञ्चार विधेयक तत्काल फिर्ता लिन माग
मङ्गलबार, २६ कात्तिक २०७६, १५ : २७

जनकपुर । प्रदेश नम्बर २ को सरकारले प्रदेश सभामा टेबुल गरेको सञ्चार विधेयक फिर्ता लिन नेपाल पत्रकार महासंंघ प्रदेश नम्बर २ ले माग गरेको छ ।
नेपाल पत्रकार महासंघ प्रादेशिक समितिले गरेको आन्दोलन र दिएको सुझावलाई समेत प्रदेश सरकारले बेवास्ता गरेको भन्दै प्रदेश सभामा टेबुल गरेको प्रदेश संचार विधेयक तत्काल फिर्ता लिन माग गरिएको हो ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव किरणकुमार कर्णले जारी गरेको विज्ञप्तिमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले पटक पटक गरेको प्रतिवद्धतालाई समेत बेवास्ता गरी प्रदेशसभामा पत्रकार विरोधी सञ्चार विधेयक प्रदेशसभामा टेबुल गरेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा तत्काल सो विधेयक फिर्ता लिई छलफल र विचारविमर्शको आधारमा नयाँ विधेयक बनाउन माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा पाँचौँ आदिवासी जनजाती चलचित्र महोत्सव हुने
-
‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
-
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’
-
इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय, पैसा लिएको जवानले स्वीकारेनन्
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न