रिक्त संवैधानिक आयोगमा पदपूर्ति गर्न बालुवाटारमा छलफल
बुधबार, २७ कात्तिक २०७६, १५ : ५५
काठमाडौँ– प्रमुख दलका शीर्ष नेताहरुले संवैधानिक निकायमा नियुक्तिबारे छलफल गरेका छन् ।
छलफलमा सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेता सहभागी थिए । प्रधान्मन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै काँग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो ।
बुधबार संवैधानिक परिषद्को बैठक बोलाइएको थियो तर तयारी नपुगेको भन्दै परिषद् बैठक स्थगित भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग, सत्यनिरुपण तथा वेपत्तालगायतका आयोगमा अध्यक्ष तथा सदस्य पद रिक्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण