‘सरोगेसी’ले दियो ज्योति परिवारलाई ठूलो धक्का
नेपालमा कानुनले नै प्रतिबन्ध लगाएको सरोगेसी (आमाको कोख भाडामा दिने कार्य)मा ज्योति परिवारबाट सञ्चालित ग्रान्डी सिटी अस्पताल सक्रिय रहेको र सरकारबाट कारबाही चलाएपछि सो कार्य बन्द गर्न बाध्य भएदेखि नै यस घरानाको प्रतिष्ठामा धक्का लागेको हो।
२०७२ असोजको दोस्रो साता नाम चलेका निजी अस्पताल र सरकारका तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीसमेतको टोली नराम्ररी विवादमा मुछिएपछि कारबाही अघिबढाइएको थियो।
त्यतिबेला नेपाललाई ‘हेल्थ टुरिजम’को ‘हब’ बनाउने भन्दै नेपालमा निजीक्षेत्रबाट सञ्चालित नाम चलेका केही अस्पतालले कानुन विपरीत सरोगेसी सेवा सञ्चालन गरे। यस विषयमा चौतर्फीरूपमा व्यापक आलोचना भएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन नै गरेको थियो।
अनुगमनका क्रममा यस्तो गैरकानुनी धन्दा सञ्चालनमा जमलमा रहेको ग्रान्डी सिटी अस्पताल पाइएको प्रतिवेदन रिपोर्टमा उल्लेख गरिएको थियो। प्रतिवेदनमा उक्त अस्पतालमा १ सय ८० जना सेरोगेट मदर रहेको मन्त्रालयसमक्ष स्वीकारेको समेत उल्लेख गरिएको थियो।
सोही बेला डेढ महिनाका जस्ता देखिने शिशु बोकेर स्वास्थ्य मन्त्रीलाई भेट्न मन्त्रालय पुगेका तीन अस्ट्रेलियाली नागरिकले ग्रान्डी इन्टरनेसनल हस्पिटलमा बच्चा जन्मेको बताई अन्य अस्पतालमा पनि सरोगेसी सेवा दिइरहेको खुलासा गरेका थिए। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण