सरकार छाड्न बाबुरामको प्रस्ताव
काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकार छाड्ने प्रस्ताव गरेका छन । समाजवादी पार्टीको आज बसेको संघीय परिषद्को बैठकमा अध्यक्ष भट्टराईले सो प्रस्ताव गरेका हुन् ।
सरकारको नेतृत्व गर्ने पार्टी (नेकपा) ले एकातर्फ संविधान संशोधन गर्न कुनै चासो नदेखाएको र अर्कोतर्फ प्रदेश प्रमुखहरुलाई एकलौटी निर्णय गरेर हटाउने जस्ता काम गरिरहेको आरोप लगाउँदै सरकारमा बस्नुको औचित्य नभएको भन्दै बैठकमा कार्यपत्र प्रस्तुत गरेका थिए । अध्यक्ष भट्टराईले सरकारको नेतृत्व गर्ने दलले सत्ता साझेदार दलसँग महत्वपूर्ण निर्णय लिँदा सरसल्लाह गर्नुपर्ने सत्ता सञ्चालनको सामान्य मर्यादाको समेत ख्याल नगरेको आरोप समेत लगाए ।
उनले कार्यपत्रमा संघीय सरकारमा पार्टीको संलग्नताबारे गम्भीर समीक्षा गर्नुपर्ने जरुरी रहेको बताउँदै यस सन्दर्भमा सरकार र सरकार सम्बद्ध पार्टीसँग वार्ता अगाडि बढाउने, २ बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि संशोधनको प्रकृया अगाडि बढाउन पहल गर्ने उल्लेख गरेका छन् ।
संविधान संशोधनको प्रकृयालाई अगाडि बढाउन पहल गरेपछि पनि त्यसको कुनै सुनुवाई नभए सरकारबाट बहिर्गगमनको लागि पार्टीको कार्यकारिणी समितिले निर्णय गर्ने गरी पार्टी अगाडि बनुपर्ने उनले सुझाव दिएका छन् ।
परिषद्को बैठक सम्पन्न भएपछि कात्तिक २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने छ । बैठकमा सरकार छाड्ने नछाड्ने विषयमा गम्भीर छलफल हुने प्रचार विभाग प्रमुख प्रशान्त सिंहले बताए । सरकार छाड्नका लागि पार्टीभित्र र बाहिर दवाव आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण