‘मर्दानी २’को ट्रेलर : रानी मुखर्जीको पावरफुल अवतार
मुम्बई । अभिनेत्री रानी मुखर्जी अभिनित फिल्म ‘मर्दानी २’को ट्रेलर रिलिज भएको छ । गोपी पुथ्रानको निर्देशन रहेको फिल्ममा रानीको मुख्य भूमिका रहेको छ । ट्रेलरमा रानीलाई पावरफुल अवतारमा देखाइएको छ ।
एक्सन र सस्पेन्स ड्रामामा निर्माण भएको यो फिल्मले भारतमा घटेको रेप घटनालाई कथा बनाएको छ । फिल्ममा रानीले दबंग इन्स्पेक्टर शिवानी शिवानी रायको भुमिका निर्बाह गरेकी छन् ।
फिल्ममा भिलेको भुमिका पनि निकै खतरनाक रहेको बताइएको छ । तर अहिले यशराज फिल्मस्ले भिलेनको नाम र लुक भने लुकाएको छ ।
फिल्मको पहिलो पार्ट ‘मर्दानी’मा भिलेनको भूमिकाले निकै चर्चा पाएको थियो । त्यसकारण पनि यो फिल्मको भिलेनको भूमिकामा को होला र कस्तो रहेको छ भन्ने दर्शकमा कौतुहलता छ । यसमा २१ बर्षीय नव कलाकारले भिलेनको भूमिका निर्वाह गरेको बताइएको छ ।
फिल्मको रिलिज मिति १३ डिसेम्बर भनिएको छ । तर फाइनल भने भएको छैन । सन् २०१४मा आएको फिल्म ‘मर्दानी’ले बक्स अफिसमा राम्रो व्यवसाय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण