भक्तपुर–नगरकोट सडक : काम सक्नभन्दा समय थप्न हतार
पर्यटकीय महत्त्वको क्षेत्र नगरकोट पुग्ने भक्तपुर–नगरकोट सडकखण्ड निर्माणमा ताकेता गर्नुभन्दा राज्यका निकायहरू ठेकेदारलाई समय थप्न बढी लालायित भएको पाइएको छ ।
उपत्यकाको सुगम स्थानमा निर्माण थालिएको यो सडक निर्माण गर्ने ठेकेदारलाई चौथोपटक समय थप गरिएको छ ।
राजधानीबाट नजिकैको प्रमुख पर्यटकीय गन्तव्य यो सडकको अवस्था भने झनै नाजुक छ । हिउँदमा धुलो र वर्षामा हिलोले पर्यटकले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् ।
दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको निर्माण कम्पनीले पाँच वर्ष पूरा हुँदा पनि काम सम्पन्न गर्न सकेको छैन । फेरि त्यस सडकको निर्माणका लागि २०७७ वैशाख ७ गतेसम्म अवधि थप भएको छ ।
भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाका प्रमुख जगत प्रजापतिले भने, “समयमा सडक सम्पन्न नभएपछि आगामी वैशाख ७ गतेसम्मको म्याद थपिएको छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण