कार्डमार्फत हुने भुक्तानीबापतको कर प्रयोगकर्तालाई फिर्ता गर्न नसकिने
बजेटमा व्यवस्था भएअनुसार कार्डमार्फत हुने भुक्तानीबापत मूल्य अभिवृद्धि कर (भ्याट)को १० प्रतिशत रकम प्रयोगकर्तालाई फिर्ता गर्न नसकिने निष्कर्ष निकालिएको छ । विद्युतीय माध्यमबाट हुने भुक्तानीको आधारमा भ्याट फिर्ता गर्ने सन्दर्भमा आन्तरिक राजस्व विभागले गठन गरेको अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेको हो ।
कार्ड भुक्तानीका लागि प्रयोग गरिने पोस मेसिनमा प्रयोग हुने सफ्टवेयर अन्तर्रा्ष्ट्रिय मापदण्डको हुने तर त्यस्तो मेसिनबाट बिललाई परिमार्जन गरी पठाउन नसकिने भएकोले तत्कालका लागि यो प्रणाली व्यावहारिक नभएको निष्कर्षको टोलीको छ । अध्ययन टोलीले यही निष्कर्षसहितको प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयलाई पेस गर्ने प्रक्रियामा छ ।
प्रतिवेदनअनुसार भ्याटको दस प्रतिशत रकमले फिर्ता क्रेडिट कार्ड र प्रिपेड कार्डमा कुन खातामा फिर्ता गर्ने भन्ने समस्या छ । त्यस्तै बिक्रेताको बिलिङ प्रणाली र पोस मेसिनबीच कारोबार हुँदा त्यस्तो कारोबारको एकीकृत प्रणाली नभएकोले बैङ्कमा कारोबारसम्बन्धी विवरण नहुने अर्को व्यावहारिक समस्या प्रतिवेदनले देखाएको छ ।
पोस मेसिनबाट भुक्तानी गर्दा ग्राहकको खाताबाट रकम घट्ने मात्र प्रणाली प्रचलनमा रहेकाले भ्याट फिर्ताबापतको रकम उक्त मेसिनबाट जम्मा गर्न नसकिने पनि प्रतिवेदनमा उल्लेख छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण