शरदको अर्धशतकमा नेपालको पहिलो जित
काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा हङकङलाई पराजित गर्दै नेपालले पहिलो जित हात पारेको छ । बंगलादेशको राजधानी ढाकामा शनिबार भएको खेलमा नेपालले हङकङलाई ४० रनले हराउँदै पहिलो जित हात पारेको हो ।
नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको हङकङ ४५ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७७ रनमा समेटियो । हङकङका किन्चिट शाहले ५३, एहसान नवाजले अविजित ४४ रन जोड्दा हरोन महमद अर्सादले २६ रन बनाएका थिए ।
नेपालका लागि करण केसी र अविनास बोहराले ३–३ विकेट लिए भने सुशन भारीले २ विकेट लिएका थिए ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २ सय १७ रन जोडेको थियो । नेपालको सुरुवात भने खराब रह्यो । कप्तान ज्ञानेन्द्र मल्ल ३ कुशल भुर्तेललाई १ रनमा आउट भएका थिए ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषवाकरले ८९ रनको योदन दिए । शरद र दिपेन्द्र सिंह ऐरीबीच ८३ रनको साझेदारी रह्यो । जसमा दिपेन्द्रले ३७ रनमा बनाएका थिए । आरिफ शेख ४८ रन बनाए भने विनोद भण्डारीले १५ रन जोडेका थिए ।
अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । हङकङका लागि मोहमद अजिज खानले ३ विकेट लिए भने नस्रुलाह राना र एहसान नवाजले २र२ विकेट लिए । जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । अब नेपालले अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण