तिमीलाई देखेर हिमालै हाँसेको...
काठमाडौँ । गत शुक्रबार बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिद चन्द्रागिरीको डाँडा पुगेर काठमाडौँको दृश्यावलोकन गर्ने पूर्वनिर्धारित कार्यसूची थियो । त्यही तस्विरलाई कैद गर्न हामी हस्याङपस्याङ गर्दै चन्द्रागिरी हिल्सद्वारा सञ्चालित केबलकार चढेर डाँडासम्म पुग्यौँ । तर, डाँडासम्म पुगेका मात्र के थियौँ, खबर आयो – आज राष्ट्रपति नआउने भए । पोखराको घुमाइबाट थकित बनेका उनी होटलमा नै आराम गर्ने भए ।
झन् हतारहतार गरेर त्यहाँसम्म पुगेको, कामै नबन्ने भयो भनेर हामी निरास थियौँ । तर, त्यो निराशा केही बेर पनि टिक्न सकेन । त्यहाँबाट काठमाडौँतिर फकेर के नियालेका थियौँ, त्यहाँको दृश्य देखेर मनै फुरुङ्ग भइहाल्यो ।
चारैतिर सेताम्मे हिमाल, तल काठमाडौँ उपत्यका । त्यो दृश्य देखेर मन नलोभिने बिरलै होलान् । लाग्दथ्यो, ती हिमाल सेता दाँतका पंक्ति हुन् र तपाईंलाई नै हेरेर मुस्कुराइ रहेका छन् । राष्ट्रपति हामिदको त तस्विर कैद गर्न पाइएन, तर हिमालको दृश्य भने कैद गर्न पाइने भयो भनेर म चाहिँ मनमनै दङ्ग थिएँ ।
हेरौँ केही तस्विरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई