तिमीलाई देखेर हिमालै हाँसेको...
काठमाडौँ । गत शुक्रबार बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिद चन्द्रागिरीको डाँडा पुगेर काठमाडौँको दृश्यावलोकन गर्ने पूर्वनिर्धारित कार्यसूची थियो । त्यही तस्विरलाई कैद गर्न हामी हस्याङपस्याङ गर्दै चन्द्रागिरी हिल्सद्वारा सञ्चालित केबलकार चढेर डाँडासम्म पुग्यौँ । तर, डाँडासम्म पुगेका मात्र के थियौँ, खबर आयो – आज राष्ट्रपति नआउने भए । पोखराको घुमाइबाट थकित बनेका उनी होटलमा नै आराम गर्ने भए ।
झन् हतारहतार गरेर त्यहाँसम्म पुगेको, कामै नबन्ने भयो भनेर हामी निरास थियौँ । तर, त्यो निराशा केही बेर पनि टिक्न सकेन । त्यहाँबाट काठमाडौँतिर फकेर के नियालेका थियौँ, त्यहाँको दृश्य देखेर मनै फुरुङ्ग भइहाल्यो ।

चारैतिर सेताम्मे हिमाल, तल काठमाडौँ उपत्यका । त्यो दृश्य देखेर मन नलोभिने बिरलै होलान् । लाग्दथ्यो, ती हिमाल सेता दाँतका पंक्ति हुन् र तपाईंलाई नै हेरेर मुस्कुराइ रहेका छन् । राष्ट्रपति हामिदको त तस्विर कैद गर्न पाइएन, तर हिमालको दृश्य भने कैद गर्न पाइने भयो भनेर म चाहिँ मनमनै दङ्ग थिएँ ।
हेरौँ केही तस्विरहरु :













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण