कर्मचारीलाई धोका दिएर विमानभित्रै बनाइयो पोर्न फिल्म
केही नायिकाहरुले कर्मचारीलाई धोका दिएर संग्रहालयमा राखिएको एक विमानभित्र पोर्न फिल्मको सुटिङ गरेका छन् । यद्यपि, उनीहरुले विमानलाई एक दिनका लागि भाडामा लिएका थिए त्यसका लागि सय पाउन्ड अर्थात् १४ हजार रुपैयाँ पैसा तिरेका थिए । घटना ब्रिटेनको मिडल्याण्ड एयर म्युजियमको हो ।
मिडल्याण्ड एयर म्युजियममा सर्वसाधारण र बालबालिकाको उपस्थितीका बीच एडल्ट फिल्मको सुटिङमाथि विभिन्न प्रश्न उठेका छन् । द सनको रिपोर्टका अनुसार जुन विमानमा सुटिङ गरियो त्यो कुनै बेला एयर फ्रान्सको विमान थियो ।
Photo: thesun.co.uk
संग्रहालयका कर्मचारीले आफूहरुलाई धोका दिएर वयस्क फिल्मको सुटिङ गरिएको बताए । सुटिङका लागि उनीहरुले पाइलट र एयरहोस्टेसको पहिरन पनि लगाएका थिए । संग्रहालयका कर्मचारीका अनुसार उनीहरु Vickers Viscount विमानमा स्विमवेयर शुट गर्ने तयारीमा थिए ।
Photo: thesun.co.uk
संग्रहालयका कर्मचारीका अनुसार यदि उनीहरुलाई घटनाबारे पहिले नै जानकारी भएको भए आफूहरुले त्यतिबेलै सुटिङ रोक्ने थिए । जुन विमानमा सुटिङ गरिएको थियो त्यसलाई सन् १९५० को दशकमा चार्टर होलिडेका लागि प्रयोग गरिएको थियो ।
संग्रहालयका म्यानेजर डिआने जेम्सले धेरै मानिसहरु युनिफर्ममा आउने र विमानभित्र अभिनय गर्ने गर्छन् त्यसकारण पाइलट र एयरहोस्टेसको भेषमा मानिसहरु आउँदा शंका नलागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण