नेपाल बैक ८३औं वर्षमा, देशकै मानक बैंक बनाउने प्रतिवद्धता
काठमाडौं– मुलुकको अग्रणी बैंक नेपाल बैंक लिमिटेड सेवाको ८३औं वर्षमा प्रवेश गरेको छ ।
वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको गौरवपूर्ण इतिहास भएको नेपाल बैंकले आफना विगतका कमजोरीहरु दोहरिन नदिई निक्षेप कर्जा लगायत अन्य कारोवारमा गुणात्मक वृद्धि मार्फत आफनो श्रेष्ठता देखाउनु पर्ने वताए ।
अर्थमन्त्री डा खतिवडाले नेपाल बंैक संग्रहालयको उद्घाटन गर्नुका साथै सो संग्रहालय निर्माणमा योगदान पुर्याउने उदेशलाल श्रेष्ठ, यमुना महर्जन र जनसेवा ट्राफिक प्रहरी प्रतिनिधिलाई प्रशंसापत्र एवं अतिरिक्त क्रियाकलापका विजयी टिम क्याप्टेन संजीव जोशीलाई पुरस्कार प्रदान गरे । सो अवसरमा अर्थमन्त्री खतिवडाले बैकको प्रकाशन आर्थिक विशेषांक विमोचन समेत गरेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैकका का.मु. गभर्नर चिन्तामणि शिवाकोटीले बैकले सहुलियतपूर्ण कर्जा विस्तारमा जोड दिनुपर्ने वताए । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकलाई देशकै मानक बैंक बनाउने दिशामा व्यबस्थापनको प्रयास केन्द्रित हुने वताउँदै बैकले १३९६ वटा कर्जामा २ अरब २ करोड सहुलियतपूर्ण कर्जा प्रवाहित गरेको जानकारी दिए ।
यसै अवसरमा बैंकले सार्वजनिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मानव कल्याण समाज भक्तपुरलाई तीन लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त राशीको चेक बैंकको प्रदेश नम्बर ३ प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थीले समाजका संचालक सुमित्रा चौलागाईलाई एक समारोहका बीच हस्तान्तर गरे ।
यसै अवसरमा बैंकद्वारा आयोजित ज्ञान तथा अनुभव विनिमयको ११औं श्रृंखलामा वरिष्ठ अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेसँग वार्ता पनि भएको थियो । यसैगरि बैंकले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ३७९ जनाको स्वास्थ्य परीक्षण भयो भने रक्तदान कार्यक्रममा ९१ रक्तदाताले रक्तदान गरेका थिए ।
वार्षिकोत्सवकै अवसरमा कार्तिक ३० गते अर्थमन्त्री खतिवडाले देशका विभिन्न स्थानमा एकसाथ स्थापना गरिएका बैंकका १८ बटा शाखा, २ वटा काउण्टर समेत २० स्थानका सेवा विन्दुको डिजिटल माध्यमबाट उद्घाटन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण