कालापानीबारे बाबुरामको प्रश्न: प्रधानमन्त्री ओलीले रोजेको बाटो कुन हो ?

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले कालापानीबाट भारतीय सेना हटाउन कुशल कुटनीति वा युद्धबाट मात्रै सम्भव भएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत नेता भट्टराईले सो कुरा बताएका हुन् । भट्टराईले पछिल्ला दिन प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादको पारो ह्वात्तै बढेको दाबी गर्दै उनले कालापानीबाट भारतीय फौज हटाउन रोजेको बाटो कुशल कुटनीतिको बाटो हो कि बल प्रयोगको बाटो हो स्पष्ट नभएको बताएका छन् ।
अध्यक्ष भट्टराईले भनेका छन्, ‘सीमा र फौज तैनाथी सम्बन्धी विवादको प्रश्न इतिहासमा सधैं र सबैतिर कि त शान्त र कुशल कुटनीतिको तरिकाले कि त युद्ध र बलप्रयोगको तरिकाले हल हुने गरेको छ । अर्को तेश्रो बाटो छँदैछैन ।’ भट्टराईले राज्यसञ्चालनको नेतृत्व गरिरहेको मान्छेले यसरी सार्वजनिक रुपमा दन्तबझान गर्नुको अर्थ के भनेर प्रश्न समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण
-
जान्नुहोस् हज सम्बन्धी पाँच विशेष कुराहरू
-
संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम
-
सिङ्दी–दूधपोखरी हुँदै हर्पिङडाँडासम्म पदमार्गको खोजी गरिँदै
-
नेपालको ऐतिहासिक जित: १ विकेटले स्कटल्याण्ड स्तब्ध
-
१२ बजे १२ समाचार: गृहमन्त्रीको राजीनामा बटमलाइनदेखि यातायात सञ्चालनबारे अझै अन्योल