कालापानीबारे बाबुरामको प्रश्न: प्रधानमन्त्री ओलीले रोजेको बाटो कुन हो ?
काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले कालापानीबाट भारतीय सेना हटाउन कुशल कुटनीति वा युद्धबाट मात्रै सम्भव भएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत नेता भट्टराईले सो कुरा बताएका हुन् । भट्टराईले पछिल्ला दिन प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादको पारो ह्वात्तै बढेको दाबी गर्दै उनले कालापानीबाट भारतीय फौज हटाउन रोजेको बाटो कुशल कुटनीतिको बाटो हो कि बल प्रयोगको बाटो हो स्पष्ट नभएको बताएका छन् ।
अध्यक्ष भट्टराईले भनेका छन्, ‘सीमा र फौज तैनाथी सम्बन्धी विवादको प्रश्न इतिहासमा सधैं र सबैतिर कि त शान्त र कुशल कुटनीतिको तरिकाले कि त युद्ध र बलप्रयोगको तरिकाले हल हुने गरेको छ । अर्को तेश्रो बाटो छँदैछैन ।’ भट्टराईले राज्यसञ्चालनको नेतृत्व गरिरहेको मान्छेले यसरी सार्वजनिक रुपमा दन्तबझान गर्नुको अर्थ के भनेर प्रश्न समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण