औषधिमा विकृतिः दुई भारतीय उद्योग जीएमपीमा असफल
नेपालमा औषधि निर्यात गर्ने विदेशी कम्पनीमध्ये दुई भारतीय उद्योग ‘गुड म्यानिफ्याक्चर प्राक्टिस’ अर्थात् ‘जीएमपी’ मापदण्डमा असफल भएका छन् ।
नेपालमा औषधि निर्यात गर्ने विदेशी कम्पनीमा ‘गुड म्यानिफ्याक्चर प्राक्टिस (जीएमपी) मापदण्ड लागू भएको छ कि छैन ?’ भन्दै गरेको स्थलगत निरीक्षणमा दुई भारतीय उद्योग फेल भएको औषधि व्यवस्था विभागले जनाएको छ ।
विभागको टोलीले गत असारमा भारत, बंगलादेश, भियतनाम, युक्रेन, जोडर्न र फिलिपिन्समा रहेका विभिन्न २३ उद्योगमा पुगी जीएमपी मापदण्ड निरीक्षण गरेको थियो । विभागद्वारा सार्वजनिक प्रतिवेदनमा ‘पटना विहारमा रहेको श्रीवैद्यनाथ आयुर्वेद भवन प्रालि र नागपुरस्थित युनिजुलेस लाइफ साइन्सेज’ रहेको उल्लेख छ । यी उद्योगले आयुर्वेदिक औषधि उत्पादन गरी नेपालमा निर्यात गर्ने गरेका थिए । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण