निजगढ अन्तर्राष्ट्रिय विमानस्थलः आशयपत्र जारी हुन समय लाग्ने
पर्यटनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास मंसिरभित्रै गर्ने बताइरहँदा निर्माणको प्रक्रिया अगाडि बढाउन आवश्यक आशयपत्र (आरएफपी) जारी गर्ने काम अझै हुन सकेको छैन ।
सरकारले असोजको पहिलो साता निजगढ विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिख इन्टरनेशनल एयरपोर्ट ९एजी०लाई संक्षिप्त सूची (सर्ट लिष्ट) मा राखेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा असोज ६ गते बसेको लगानी बोर्डको ४० औं बोर्ड बैठकले तोकिएको मापदण्ड पुगेका आधारमा ज्युरिख एयरपोर्टलाई छनोट गरी प्राविधिक तथा वित्तीय प्रस्ताव माग्ने बताएको थियो ।
साथै, लगानी बोर्डले २ महिनाभित्रै विमानस्थल निर्माणका लागि शायपत्र जारी गर्ने तथा सो आशयपत्र जारी भएको ४५ दिनभित्र ज्युरिखले बोर्ड समक्ष अफ्नो विस्तृत प्रस्ताव पेश गर्नुपर्ने बताएको थियो । तर, दुई महिना बित्न एक साता बाँकी रहँदा पनि आशयपत्र कहिले जारी हुने टुंगो लागेको छैन । लगानी बोर्ड स्रोतका अनुसार आशयपत्र जारी हुन अझै दुईदेखि तीन साता लाग्नेछ । यो समाचार आजको आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण