टाइटानिककी गायिका सेलिन डियोनको नीजि विमान दुर्घटनामा मृत्यु ? यस्तो छ वास्तविकता
सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसमा चर्चित गायिका सेलिन डियोनको विमान दुर्घटनामा मृत्यु भएको खबर छ । क्यानडेली गायिका डियोनलाई हलिउडको ब्लकबस्ट टाइटेनिकको थीम गीत ‘माइ हर्ट विल गो अन’ का लागि चर्चित छिन् । यद्यपि, उक्त खबर मात्रै एउटा हल्ला भएको पत्ता लागेको छ ।
– भाइरल भिडियोमा सिएनएन न्यूज च्यानलको लोगो राखिएको छ ।
– क्याप्सनमा लेखिएको छ, ‘क्यानडेली सुपरस्टर एवं गायिका लेजेन्ड सेलिन डियोनको नीजि विमान दुर्घटनामा मृत्यु भएको छ ।
– यो खबरलाई फेसबुकमा पनि सेयर गरिँदैछ ।
के हो वास्तविकता ?
– सिएनएनको नामबाट यो खबर भाइरल गरिँदैछ जबकी सीएनएनले यस्तो कुनै पनि समाचार प्रकासित गरेको छैन ।
– डियोन जीवित छिन् र विमान दुर्घटनाजस्तो कुनै पनि घटना घटित भएको छैन ।
– उक्त भाइरल भिडियो एडिट गरिएको छ । जुन वेबसाइटले यसलाई अपलोड गरेको त्यसले कुनै विश्वासिलो स्रोतबारे पनि जानकारी दिएको छैन । यो वेबसाइटको होमपेज पनि छैन ।
– अन्य कुनै पनि विश्वासिलो न्यूज च्यानलले यो खबर प्रसारण गरेको छैन । यस्तै, डियोन ट्वीटरमा सक्रिय छिन् । केही घण्टा अघि उनले गरेको ट्वीट देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण