पत्रकार खेम भण्डारी रिहा, रिहा भएलगत्तै दिए चेतावनी
काठमाडौँ । निर्मला पन्त हत्या र बलात्कार प्रकरणलाई ट्वीस्ट गराएर राष्ट्रियस्तरमै तरङ्ग पैदा गराउँदै आएका पत्रकार खेम भण्डारीलाई १ घण्टा नियन्त्रणमा लिएर प्रहरीले रिहा गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले भण्डारीलाई मंगलबार अपरान्ह १ घण्टा नियन्त्रणमा लिएर रिहा गरेको हो ।
रिहा भएलगत्तै पत्रकार भण्डारीले अदालतको फैसला पालना गर्दै आफुले १ घण्टा कैद भुक्तानी १ रुपैयाँ जरिवाना तिरेको बताएका छन् । रिहा भएलगत्तै सामाजिक सञ्जालमा स्टाटस् लेख्दै भण्डारीले अदालतले आफ्नो पुनरावदेन गर्न पाउने अधिकारलाई भने अपहरण गरेको दाबी गरेका छन् । उनले चेतावनी दिँदै भनेका छन्, ‘यसबाट निर्मला हत्या प्रकरणमा अदालतभित्रैका केही काला कर्तुतेहरुको मिलेमत्तोको गन्ध आएको छ । अब न्यायालयलाई कलंकित गर्नेहरुविरुद्ध लड्ने बाटो खुलेको छ ।’
भण्डारीले मंगलबार दिउँसो कञ्चनपुर प्रहरीले आफूविरुद्ध हालेको अबहेलना मुद्दामा भएको फैसलामा पुनरावेदनको समेत मौका नदिइ पक्राउ गर्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका थिए । उनले आफू अदालत गएको जान लागेको समेत समाजिक सञ्जालमार्फत बताएका थिए ।
पन्तको बलात्कारपछि हत्या प्रकरणका सम्बन्धमा अदालतको अवहेलना हुने गरी लेख तथा समाचार प्रकाशन गरेको भन्दै जिल्ला अदालत बार एशोसिएसन महेन्द्रनगर कञ्चनपुरले भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो ।
सो मुद्दामा कञ्चनपुर जिल्ला अदालतले असार ३० मा भण्डारीलाई १ रुपैयाँ जरिवाना भराएर १ घण्ट कैद सजाय तोकेको थियो । निर्मला प्रहरणमा उनले सामाजिक सञ्जालमा निरन्तर लेख्दै सो प्रकरणलाई नै आफ्नो पक्षमा पार्ने प्रयास गर्दैै आएका थिए ।
पन्तको ०७५ साउन १० गते बलात्कार पछि हत्या भएको अवस्थामा शव फेला परेको थियो । त्यसयता हत्यामा संलग्नलाई पक्राउको माग गर्दै लामो समय आन्दोलन समेत भएको थियो । तर सो प्रकरणमा अहिलेसम्म दोषी फेला पर्न सकेको छैन । हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै तत्कालीन एसपी डिल्लीराज विष्टसहित दर्जनको हाराहारीमा प्रहरी निलम्बनमा परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण