उच्च अदालतका ८ न्यायाधीशको सरुवा, १५ जनालाई नियुक्तिको सिफारिस (सूचीसहित)
बुधबार, ०४ मङ्सिर २०७६, १८ : ०८
काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका ८ न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ। परिषद्को बुधबार बसेको बैठकले उच्च अदालत विराटनगर, इलाम इजालासका न्यायाधीश प्रकाशचन्द्र गजुरेलको उच्च अदालत जनकपुर, राजविराज इजलासमा सरुवा गरेको छ ।
यस्तै उच्च अदालत तुलसीपुरका न्यायाधीश शिवनारायण यादवको उच्च अदालत विराटनगर, इलाम इजलासमा सरुवा भएको छ । यस्तै न्यायाधीशहरु विनोद शर्मा,कृष्ण गिरी, रमेश कुमार खत्री, रवि शर्मा, जनक पाण्डे र राजेश काफ्लेको पनि सरुवा भएको परिषद्ले जनाएको छ ।
यस्तै उच्च अदालतको न्यायाधीश पदको नियुक्तिका १५जनाको नाम सिफारिस भएको छ । जसमा जिल्ला न्यायाधीशबाट ५ जना, न्याय सेवा अधिकृतहरु मध्येबाट १ जना र अधिवक्ता मध्येबाट ५ जनाको नाम सिफारिस भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण