उच्च अदालतका ८ न्यायाधीशको सरुवा, १५ जनालाई नियुक्तिको सिफारिस (सूचीसहित)
बुधबार, ०४ मङ्सिर २०७६, १८ : ०८
काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका ८ न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ। परिषद्को बुधबार बसेको बैठकले उच्च अदालत विराटनगर, इलाम इजालासका न्यायाधीश प्रकाशचन्द्र गजुरेलको उच्च अदालत जनकपुर, राजविराज इजलासमा सरुवा गरेको छ ।
यस्तै उच्च अदालत तुलसीपुरका न्यायाधीश शिवनारायण यादवको उच्च अदालत विराटनगर, इलाम इजलासमा सरुवा भएको छ । यस्तै न्यायाधीशहरु विनोद शर्मा,कृष्ण गिरी, रमेश कुमार खत्री, रवि शर्मा, जनक पाण्डे र राजेश काफ्लेको पनि सरुवा भएको परिषद्ले जनाएको छ ।
यस्तै उच्च अदालतको न्यायाधीश पदको नियुक्तिका १५जनाको नाम सिफारिस भएको छ । जसमा जिल्ला न्यायाधीशबाट ५ जना, न्याय सेवा अधिकृतहरु मध्येबाट १ जना र अधिवक्ता मध्येबाट ५ जनाको नाम सिफारिस भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
दस महिनामा एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण
-
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु