दैलेखमा पेट्रोलियम अन्वेषण चार सर्भे एकैपटक
दैलेखकोे शिरिस्थान र नाभिस्थानलगायतका क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न दैलेख आएको चिनियाँ प्राविधिक टोलीले एकैपटक चारवटा सर्भे सुरु गर्ने भएको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि गर्नुपर्ने चारवटा सर्भे एकैपटक गर्न लागिएको हो ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् दिनेश त्रिपाठीका अनुसार चिनियाँ प्राविधिक टोलीले अन्वेषणका लागि पहिलो चरणमा गर्नुपर्ने चार सर्भे एकैपटक सुरु गरिएको बताए । उनका अनुसार भू–सतहभित्र पेट्रोलियम पदार्थ भएकाले पहिलो चरण त्यसको भौगर्भिक सर्वेक्षणको कामसँगै अन्य तीनवटा सर्भे पनि सुरु भएको जानकारी दिए । उनका अनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि चार सर्भे अनिवार्य हुन्छ ।
त्यसमा पहिलो भौगर्भिक सर्भेको काम हो जो सबैभन्दा महत्त्वपूर्ण हुन्छ । उक्त सर्भेले जमिनमुनिको सतह पत्ता लगाउने र नक्सा निर्माण गर्ने गर्छ । कुन कुन भागमा पेट्रोलियम पदार्थ छ, त्यसका लागि भौगोलिक अवस्था के छ भनेर पत्ता लगाउने काम प्राविधिक टोलीले अन्तिम चरणमा पु-याएको छ । अन्य तीनवटामध्ये भौगर्भिक सर्भे, भू–भौतिक सर्भे र जिओकेमिकल सर्भेका काम पनि एकैपटक सुरु गरिएको बताए ।
चिनियाँ प्राविधिक टोलीले पहिलोपटक गरेको सर्वेक्षणमा पेट्रोलियम पदार्थको परिमाण पत्ता लाग्ने र त्यसको उत्खनन कुन भागबाट गर्न सकिन्छ भन्ने निष्कर्ष निकालेपछि थप काम अगाडि बढ्ने जनाइएको छ । अन्वेषणको काम संवेदनशील भएकाले खोज तथा अनुसन्धानका विभिन्न प्रक्रिया सुरक्षित रूपमा राख्नुपर्ने भएका कारण पनि प्राविधिक टोलीले दैलेखको दुई स्थानमा बेस क्याम्प निर्माण गर्ने भएको छ ।
दैलेखको डुगेश्वर गाउँपालिका–१, बेलपाटाको चुप्रामा बेस क्याम्प निर्माण भएको दुल्लु नगरपालिकामा रहेको दुल्लु अस्पतालको आडमा बेस क्याम्प निर्माण गर्ने कार्य सुरु भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण