फिट भए नेयमार
एजेन्सी । ब्राजिलियन सुपरस्टार नेयमारले आफु खेल्नका लागि पूर्ण रुपमा फिट भएको बताएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का महत्त्वपूर्ण खेलाडी नेयमारले अर्को साता हुने च्याम्पियन्स लिग फुटबलमा रियल म्याड्रिडविरुद्व मैदानमा उत्रने पनि बताए ।
पछिल्लो समय चोटका कारण मैदानमा भन्दा बाहिर बढी समय बिताएका नेयमारलाई पीएसजीले च्याम्पियन्स लिग नै जित्ने लक्ष्यका साथ बार्सिलोनाबाट क्लबमा लगेको थियो । तर घाइते नेयमारले पीएसजीको सपना पूरा गर्न सकिरहेका छैनन् ।
च्याम्पियन्स लिगमा रियलसँग खेल्नु अघि शुक्रबार नेइमारले लिग वानमा लिलेसँग खेल्ने विश्वास गरिएको छ । चोटका कारण नेइमारले ब्राजिललको अन्तर्राष्ट्रिय खेल पनि गुमाइ रहेका छन् ।
सन् २०१७ मा बार्सिलोनाबाट दुई सय २२ मिलियन युरोमा पीएसजी पुगेका नेयमारले चोटकै कारण आफूलाई अब्बल फुटबलरका रुपमा स्थापित गर्न संघर्ष गरिरहनु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण