ट्याक्सी चढेर सिंहदरबारबाट बाहिरिए गोकर्ण विष्ट (भिडियो)
काठमाडौं । बिहिबार बिहान गोर्कण बिष्ट श्रम तथा रोजगार मन्त्रालय पुगे । उनी यसअघिको मन्त्रीको हैसियतमा नभई पूर्वमन्त्रीको हैसियतमा नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई बधाई दिन मन्त्रालय पुगेका थिए । हिजो मात्रै उनको मन्त्री पद खोसिएको थियो । मन्त्रालयमा केहीबेर उनले आफ्नो कार्यकालमा मन्त्रालयमा गरेका कामको बारे उल्लेख गरे ।
नवनियुक्त मन्त्री यादवलाई स्वागत र सफल कार्यकालको शुभकामना दिएर उनी आफ्ना सहयोगीसहित पैदल सिंहदरबार गेट बाहिर आए । उनका शुभचिन्तकहरुले अलि नराम्रो लाग्यो भन्दै विष्टसँग गुनासो पोखिरहेका थिए । विष्टले यो स्वभाविक प्रक्रिया भएको उल्लेख गरे । सडक छेउमा शुभचिन्तकसँग कुरा गर्दैै ट्याक्सी पर्खिएका विष्टले बा २ ज ५६७६ नम्बरको ट्याक्सी रोके । हात हल्लाउँदै ट्याक्सी चढेर माइतिघरतर्फ लागे ।
मन्त्रालयमा गरिएको स्वागत कार्यक्रममा निवर्तमान मन्त्री विष्टले मन्त्री यादवलाई स्वागत गर्दै यूवा र रोजगारीको क्षेत्रमा काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिँदै आफूले सकेसम्म राम्रो काम गरेको बताए । आफ्नो कार्यकालमा काम गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै उनले आफु थप उर्जाका साथ मन्त्रीबाट बाहिरिएको प्रतिक्रिया समेत दिए । उनले आफू मन्त्रालय बाहिर पनि थप क्रियाशील रहने बताए ।
आफ्नो कार्यकालमा जापानमा रोजगारीको ढोका खोलेको, बैदेशिक रोजगारीमा रहेका श्रमिकको हक हितका लागि काम गरेको, विदेशमा घाइते, अंगभंग भएका श्रमिकको उद्धार गरेको उल्लेख गरे । रोजगार सम्बन्धी ऐन, सम्पूर्ण स्थानीय तहमा रोजगार सिर्जना केन्द्र स्थापना, स्वदेशमा १ लाख ८७ हजारलाई रोजगारी सिर्जना गर्ने काम गरेको बताएका थिए । श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा ल्याउन सफल भएको र १ लाख १५ हजार श्रमिक सूचिकृत भएको उल्लेख गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण