कोलकाताको गल्लीमा लाखौं रुपैयाँ वर्षियो, पैदलयात्री मालामाल
कोलकाता । सहरको गल्लीमा हिँडिरहेको समयमा तपाईकै सामुन्ने माथिबाट धमाधम १००, ५०० रुपैयाँका नोट वर्षिन थाल्यो भने ! यो कल्पनाको कुरामात्र हो, तर भारतको कोलकातामा बुधबार एउटा गल्लीका यात्री यस्तै घटनाका कारण मालामाल भएका छन् ।
समाचार एजेन्सीहरुका अनुसार बुधबार कोलकाताको एउटा अग्लो भवनको झ्यालबाट १००, ५०० र २००० दरका भारु नोटको वर्षा भएको हो । बटुवाहरु अचानक माथिबाट नोटको वर्षा भएको देखेर चकित परे । कोही तस्बिर र भिडियो बनाउन व्यस्त भए भने कोही गल्लीमा खसेका नोट टिप्न व्यस्त रहे ।
भारतीय समाचार च्यानल ‘एनडिटिभी’ का अनुसार कोलकाताको २७ नम्बर बेंन्टिंक स्ट्रीटमा यसरी नोटको वर्षा भएको हो । डाइरेक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स (डिआरआई) को टिमले उक्त भवनमा रहेको आयात–निर्यातसम्बन्धी एउटा कार्यालयमा छापा मार्न पुगेपछि कार्यालयका कर्मचारीले झ्यालबाट ठूलो परिमाणमा रकम फालेका थिए ।
डिआरआई स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार केही कर्मचारी उक्त भवनमा रहेको आयात–निर्यातसम्बन्धी कार्यालयमा अनुसन्धानका लागि पुगेका थिए । गल्लीमा फालिएका भारु नोट र डिआरआई टिमले छापा मारेको कार्यालयबीच कुनै सम्बन्ध छ या छैन भन्ने प्रष्ट भइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण