‘हरे राम’ लेखेको बिकिनी लगाएपछि बाणी कपूरविरुद्ध मुद्दा दर्ता
बलिउड अभिनेत्री बाणी कपूरले सामाजिक सञ्जाल इन्स्टाग्राममा हरे राम लेखेको बिकिनी लगाएको तस्बिर सेयर गरेकी थिइन् । उनले बिकीनीमा भगवानको नाम लेखेर धर्मप्रति अपमान गरेको भन्दै सामाजिक सञ्जालमा विरोध गरिएको थियो ।
यसैबीच, बाणीविरुद्ध मुद्दा दर्ता भएको छ । भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित समाचारका अनुसार मुम्बईको एन एम जोशी मार्गमा रहेको पुलिस स्टेशनमा रमा सावन्त नामकी महिलाले बाणीविरुद्ध मुद्दा दर्ता गराएकी हुन् ।
उनले बाणीविरुद्ध मानिसहरुको धार्मिक भावनामा ठेस पुराएको आरोप लगाएकी छिन् । रमाले पुलिसले उनलाई स्टेटमेन्ट रेकर्ड गर्नको लागि बोलाएको बताएकी छिन् ।

यसपछि, वाणीले इन्स्टाग्रामबाट ट्रोल बनेको तस्बिर हटाएकी छिन् । यद्यपि, तस्बिर सामाजिक सञ्जालमा भाइरल भइसकेको छ । उनको तस्बिरमा इन्स्टाग्राम प्रयोगकर्ताहरुले जुनसुकै कपडालाई पनि फेशनको रुपमा प्रयोग गर्नेहरुलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण