बलिउडका स्टार जसले ‘डिभोर्स’पछि भेटे सही जीवनसाथी
मनोरञ्जनको क्षेत्रलाई पेशाको रुपमा अंगालेका धेरैको वैवाहिक तथा प्रेम सम्बन्धमा खटपट पैदा हुने गरेको पाइन्छ । दशौं वर्षसम्म वैवाहिक सम्बन्ध र प्रेममा रहेर पनि छुट्टिएका थुप्रै उदाहरण बलिउड, हलिउड तथा नेपालकै सन्दर्भमा पनि भेट्न सकिन्छ ।
मनोरञ्जनको क्षेत्रमा लागेका प्रायः को सम्बन्धमा दरार आएपनि कतिपयले पहिलो सम्बन्ध सकाएपछि पुनः सही जीवनसाथी चुनेका केही उदाहरण पनि छन् ।
जस्तो, बलिउड अभिनेता अर्जुन रामपाल र मेहर जेसिकाले २१ वर्षको वैवाहिक जीवनलाई समाप्त गरे । त्यसपछि अर्जुनले आफ्नी प्रेमिका मोडल ग्याब्रएलासँग विवाह गरे । अर्जन र ग्याब्रएलाको एउटा छोरा पनि छन् ।

महान लेखक तथा गीतकार जावेद अख्तर र शबाना आजमीको जोडी आज पनि चर्चामा रहने गर्छ । तर थोरै मात्रै मानिसलाई थाहा होला शबाना अख्तरकी दोस्रो पत्नी हुन् । उनले पहिलो विवाह हनी इरानीसँग गरेका थिए । उनीहरुको सन् १९८५ मा सम्बन्धविच्छेद भएको थियो ।

बलिउडका चर्चित अभिनेत्री किरण खेरले सन् १९८५ मा अनुपम खेरसँग विवाह गरेकी थिइन् । तर उनको त्यो विवाह दोस्रो विवाह थियो । पहिलो विवाह उनले गौतम बेरीसँग गरेकी थिइन् । उनको सन् १९८५ मा सम्बन्धविच्छेद भएको थियो ।

बलिउड अभिनेत्री श्रीदेवी र बोनी कपूरको सुन्दर जोडी धेरैलाई उदाहरणीय थियो । तर, बोनी कपूरले आफ्नी श्रीमती हुँदाहुँदै श्रीदेवीसँग विवाह गरेको हल्लाले उनी आलोचनाको सिकार भएका थिए ।

हिन्दी चलचित्रका ‘मिस्टर पर्फेक्सनिस्ट’ अमिर खानले किरण रावसँग दोस्रो विवाह गरेका थिए । अमिर खान र रीना दत्ताबीच सम्बन्धविच्छेदपछि किरणसँग विवाह गरेका थिए । अहिलेपनि यो जोडी निकै चर्चित छ ।

बलिउडमा अर्को सफल जोडीको रुपमा लिइन्छ करीना–सैफको जोडीलाई । करीना र सैफले २०१२ मा विवाह गरेका थिए । करीना सैफकी दोस्री पत्नी हुन् । उनले १० वर्ष कान्छी करीनासँग विवाह गरेका थिए । तर यो जोडी बलिउडमा निकै दमदार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण