नेपाल र जापानको विश्वविद्यालयबीच सम्झौता
काठमाडौं । संकट व्यवस्थापनमा स्नातकोत्तर र विद्यावारिधीका लागि नेपालको इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज (आईसिएमएस) र जापानको एक विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत आईसीएमएस र जापानको कानागावा विश्वविद्यालय अन्र्तगत इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिजबीच यस्तो सम्झौता भएको हो ।
आइसिएमएसले काठमाण्डांैमा पत्रकार सम्मेलन गरि सम्झौताबारे जानकारी गराएको हो । समझदारी अनुसार, इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेण्ट स्टडिजमा संकट व्यवस्थापन संकाय अन्तर्गत अध्ययनरत विद्यार्थी तथा प्रोफेसरहरुले जापान गएर अध्ययन अध्यापन गर्न सक्नेछन् ।
पत्रकार सम्मेलनमा कलेजका संस्थापक सदस्य डाक्टर गंगालाल तुलाधरले सम्झौताले अध्ययन कार्यक्रम साटासाटको साथै संकट व्यवस्थापनका विषयमा संयुक्त रुपमा अध्ययन अनुसन्धान गर्न सजिलो हुने बताए ।
डाक्टर तुलाधरले कलेजले विद्यावारिधी पनि सुरु गरेको र जापानमा गएर विद्यावारिधी गर्न चाहनेका लागि सम्झौताले बाटो खुल्ला गरेको बताए । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त आइसिएमएसले संकट व्यवस्थापन विषयमा अध्यायन गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण