बाग्लुङको प्रदेशसभा निर्वाचन : कसको पक्षमा आउला नतिजा ?

बुटवल । बाग्लुङ क्षेत्र नम्वर २ को प्रदेश (ख)को उपनिर्वाचन त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । प्रदेशसभाको उक्त क्षेत्रमा नेकपा र राष्ट्रिय जनमोर्चा सम्मिलित वाम गठबन्धन, नेपाली कांग्रेस र समाजवादी पार्टीबीच प्रतिस्पर्धा हुने देखिएको हो ।
यसअघि वाम गठबन्धन र नेपाली कांग्रेसबीच नै कडा प्रतिस्पर्धा हुने चर्चा चले पनि दलित समुदायको बाहुल्य रहेको उक्त क्षेत्रमा समाजवादी पार्टीले दलित समुदाय कै जुझारु युवा अशोककुमार विश्वकर्मालाई उम्मेदवार बनाएपछि त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको हो ।
करिव ३५ हजार कुल मतदाता रहेको त्यस प्रदेशसभा क्षेत्रमा दलित समुदायको मतमात्रै झण्डै १२ हजार छ । यो मत वाम गठबन्धन र कांग्रेसका उम्मेदवारका लागि निर्णायक मत मानिन्छ । यसर्थ पनि दुई ठुला दलका उम्मेदवारहरुका लागि खतराको घण्टी बनेका छन् समाजवादी पार्टीका उम्मेदवार अशोककुमार विश्वकर्मा ।
उनी दलित साझामञ्च बाग्लुङ क्षेत्र नम्बर २ का संयोजकसमेत हुन् । उनले लामो समयदेखि बाग्लुङको दलित आन्दोलन हाँक्दै र दलितहरुको हकहितमा सक्रियता देखाएका छन् । समाजवादी पार्टीमा पछिमात्रै जोडिएका उनी लामो समयसम्म नेपाली कांग्रेसमा आवद्ध थिए ।
स्थानीय तहको निर्वाचनमा ढोरपाटन नगरपालिका वडा नम्वर १ बुर्तिबाङमा कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार रहेका विश्वकर्मा पराजित भएका थिए । कांग्रेसबाटै आफुलाई अन्तरघात भएर त्यतिबेला हार्नु परेको उनको गुनासो थियो । त्यही रिसले त्यस यता उनी केहि समय निष्कृय रहेर दलित आन्दोलनमा मात्रै सीमित भएका थिए ।
गत वर्ष उनकै संयोकत्वमा दलितहरुको विशाल आमसभा भएको थियो बुर्तिबाङमा । नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा भएको अवसरमा मनाईएको उक्त कार्यक्रममा दलितहरुको देशमै सबैभन्दा ठुलो जमघट थियो । जहाँ प्रमुख अतिथिका रुपमा ढोरपाटनका मेयर देवकुमार नेपालीले सम्वोधन गरेका थिए ।
समाजवादी पार्टीका उम्मेदवार विश्वकर्मालाई यतिबेला मेयर नेपालीको साथ चाहिन्छ तर त्यो सम्भावना भने देखिएको छैन । शनिबार नेकपाका अध्यक्ष प्रचण्डले सम्वोधन गरेको चुनावी सभामा मेयर नेपाली नेकपा र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार खिमविक्रम शाहीका पक्षमा र विपक्षीहरुका विरुद्ध खरो ढंगले उत्रिएका थिए ।
उता बागी उम्मेदवार शेरमान घर्तीले उम्मेदवारी फिर्ता लिएर संयुक्त उम्मेदवार खिमविक्रम शाहीका पक्षमा टोल टोलमा भोट माग्दै हिड्न थालेपछि नेकपाले आफ्ना उम्मेदवारको जित सुनिश्चित भएको दावी गर्दै आएको छ ।
नेपाली कांग्रेसबाट उम्मेदवार रहेका जित शेरचनको चुनावीसभालाई सम्वोधन गर्न आईतबार नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांंक कोईराला र युवा नेता गगन थापा बुर्तिबाङ आउने कार्यक्रम छ ।
समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आउने–नआउने अझै टुंगो लाग्न सकेको छैन । समाजवादी पार्टीबाट चुनावी कमाण्डर चित्रबहादुर सापकोटा खटिएका छन् । दलित समुदायको बाहुल्य रहेको क्षेत्र भएको र आफ्नो पार्टीले पनि दलित अगुवालाई नै उम्मेदवार बनाएका कारण जित सुनिश्चित रहेको समाजवादी पार्टीको दावी छ ।
उता नेकपा र कांग्रेसका उम्मेदवारहरुले पनि आफ्नै जित निश्चित रहेको दावी गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला टी–२० विश्वकप छनोट : हङ्कङसँग सात विकेटले हार्यो नेपाल
-
‘हिउँ पर्न छोडेर पानी बर्स्यो, मुस्ताङीले छाना फेरे’
-
विभिन्न स्थानमा ४ जना मृत फेला
-
धुर्मुस सुन्तलीको दु:ख कष्ट हट्छ, क्रिकेट मैदान पनि बन्छ : प्रधानमन्त्री
-
सिद्धान्त र प्राथमिकताबारे माओवादी : ‘हिँड्न खोजेको बनेपातिर, पाइला थानकोटतिर’
-
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार