अपाङ्गमैत्री ऐन बनाएर समस्या समाधान गर्छौँः मन्त्री गुरुङ
काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अपाङ्गमैत्री ऐन बनाएर अपाङ्गता भएका समुदायको समस्या समाधान गरिने बताएका छन् । मन्त्री गुरुङलाई शुभकामना तथा बधाई दिन राष्ट्रिय अपाङ्ग महासङ्घले आइतबारभृकुटीमण्डपस्थित कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा उहाँले समाजको संवेदनशील क्षेत्र अपाङ्गता समुदायको समस्याको समाधान तथा उनीहरुको हकहितका पक्षमा मन्त्रालय हातेमालोका साथ अघि बढ्ने वचन दिए ।
संस्था जन्मनु र हकअधिकारका पक्षमा वकालत गर्नु राम्रो कुरा भए पनि गाउँ कुनासम्म पुगेर पीडितको पहिचान र अधिकारका पक्षमा आवाज उठ्छन कि उठ्दैनन् भन्ने महत्वपूर्ण कुरा हो भन्दै मन्त्री गुरुङले संस्था र मन्त्रालय दुवै इमान्दार र जिम्मेवारपूर्वक लाग्नुपर्नेमा जोड दिए ।
उनले भने, “सामाजिक संस्थामा कहिलेकाहीँ केही विकृति र अवसरवादी चरित्रले सरकारलाई पनि भुक्याउने र अलमल्याउने गरेका छन् । संस्था र मन्त्रालय दुवैले भुक्याउने छैनन् इमान्दारिता र नैतिकता देखाएर सामाजिक सेवाको भावना दर्शाउन मन्त्रालय प्रतिबद्ध छ ।”
मन्त्री गुरुङले मन्त्रालयबाट अपाङ्गता भएका व्यक्तिको गुनासो सुन्न र सेवा प्रवाहमा कुनै पनि कर्मचारीले अटेरी र असहयोग गरे गोप्यरुपमा आफू (मन्त्री)लाई जानकारी दिन आग्रह गर्दै यदि त्यस्तो कमीकमजोरी पाइएको खण्डमा तत्कालै सुधार गरेर लैजाने वचन दिए ।
महासङ्घका अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता अधिकार ऐन, २०७४ जारी भएको लामो समय बितिसक्दा पनि नियमावली जारी हुन नसकेको र त्यसका लागि मन्त्रालय धाइरहनुपरेको गुनासो सुनाए ।
उनले समग्र अपाङ्ग समुदायको हकहित र भावनालाई कदर गर्दै राष्ट्रिय निर्देशक समिति गठन गर्न मन्त्रीसमक्ष माग गरे ।
महासङ्घले २०५० सालमा समाजकल्याण परिषद्सँग सम्झौता गरी भाडामा बस्दै आएको हालसम्म कार्यालयको भाडा रु ५६ लाख पुगेको र उक्त रकम तिर्न नसकेकाले अनुदान उपलब्ध गराउन तथा संस्थाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन पहल गरिदिन पनि मन्त्रीसमक्ष आग्रह गरेको छ ।
सो अवसरमा मन्त्री गुरुङले भृकुटीमण्डपमा रहेको राष्ट्रिय अपाङ्ग कोष, अपाङ्गता पुनःस्थापना केन्द्रको अवलोकन गरी त्यहाँको अवस्था र समस्याबारे कर्मचारीसँग जानकारी लिनुभएको थियो ।
कोषका सदस्य सचिव यामनाथ मैनालीसहितका पदाधिकारी र कर्मचारीले मन्त्रीसमक्ष आफ्ना समस्या राखेका थिए । मन्त्री गुरुङले कोषको समस्याप्रति आफ्नो सक्दो सहयोग रहने भन्दै जिम्मेवार भएर काम गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण