रानी मुखर्जी र रणवीर सिंह एउटै कुर्ता सुरुवालमा देखिएपछि...
रणवीर सिंहको बोल्ड फेशन स्टेटमेन्ट धेरैजसो चर्चाको केन्द्रमा हुने गर्छ । उनी कार्यक्रममा निकै अचम्मका पहिरन लगाइरहेको देख्न सकिन्छ जसको धेरैले चर्चा गरिरहेका हुन्छन् । रणवीर धेरैका लागि फेसन आइकन हुन् । रानी मुखर्जीको हालैको तस्बिर हेर्दा उनले पनि रणवीर सिंहलाई कपी गरिरहेको जस्तो भान हुन्छ । सोशल मिडियामा रणवीर सिंह र रानी मुखर्जीको कोलाज तस्बिर बनाएर दुबैले लगाएको पहिरनको निकै चर्चा भइरहेको छ ।
हालै, रणवीर सिंह र दीपिका पादुकोणले आफ्नो विवाहको पहिलो वर्षगाँठ मनाएका थिए । यसका लागि यी दुई तिरुपती बालाजी र अमृतसरमा गएका थिए । त्यतिबेला रणवीर आफ्नो ट्रेडिशनल लुकका लागि निकै चर्चामा आएका थिए । यतिबेला उनले फ्लोरल प्रिन्ट कपर कलर्ड मेटालिक कुर्था र सुरुवाल लगाएका थिए । यसका साथै उनले यो लुकलाई पूरा गर्नका लागि म्याचिङ नेहरु ज्याकेट पनि लगाएका थिए ।
अब उनको यो लुक पहिलेको भन्दा पनि चर्चित भएको छ । वास्तवमा रानी मुखर्जी रणवीरको जस्तै पहिरन लगाएको देखिएपछि यो थप चर्चित भएको हो । यी दुईको पहिरन दाँजेर तस्बिर पोष्ट गरिएका छन् । यी दुईको पहिरन लगभग उस्तै उस्तै छ ।
रानी मुखर्जी कोलकातामा आफ्नो फिल्म ‘मर्दानी टु’ को प्रोमोशनका लागि आयोजित कार्यक्रममा जाँदा उक्त पहिरन लगाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण