शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी प्राध्यापकको ‘भारतीय खान्की भयानक’ भन्ने ट्वीटले निम्त्याएको विवाद

मङ्गलबार, १० मङ्सिर २०७६, ०७ : ३७
मङ्गलबार, १० मङ्सिर २०७६

एक अमेरिकी प्राध्यापकले भारतीय खान्कीलाई भयानक बताएपछि यसले सांस्कृतिक असहिष्णुता र अन्तर्राष्ट्रिय खान्कीमा पनि जातिवादी मिसाएको भन्दै ठूलो विवाद निम्तिएको छ ।

‘भारतीय खान्की भयानक हुन्छ तर हामी यस्तो होइन भनेर ढोंग गर्छौं,’ अन्तर्राष्ट्रिय मामलाका प्राध्यापक टम निकोलसले आफ्नो ट्वीटर अकाउन्टमा आइतबार लेखेका छन् ।

भारतीय र इथियोपियन खानाबाहेक आफूले सबै खालको खाना खाने गरेको निकोलसले बताए ।

‘मैले यसबारे धेरैपटक भनिसकेको छु । मानिसहरुको आँसु बगिरहेको छ, पानी पिइरहेका छन्, पसिनै पसिना भएका छन् उनीहरुले उक्त खाना खाँदा मज्जा आइरहेको बताउँछन् । मलाई लाग्छ, खासमा उनीहरु असली स्वाद चाख्नका लागि मात्रै खाइरहेका हुन्छन् न कि उनीहरुलाई यो मन परेर हो । मलाई थाहा छ यो धेरैलाई मनपर्छ, तर मलाई भने मनपर्दैन,’ उनले थप्दै भने, ‘मलाई मेक्सिकन फुड (मेक्सिको र साउथवेस्टमा खाएको) मनपर्छ । जब मेरो साथीहरुले मरिचै मरिच भएका खाना अर्डर गर्छन् र रातो मुख पारेर पसिना निकाल्दै उक्त खानालाई गज्जबको संज्ञा दिन्छन्, त्यतिबेला पनि मलाई अचम्म लाग्छ । यस्तो गर्न मज्जा आउँछ जस्तो मलाई लाग्दैन, यो त अभिनय भइहाल्यो नि ।’

रेडे आइल्याण्डमा रहेको युएस नेभल वार कलेजमा अध्यापन गराउने निकोलसले एक ट्वीटर प्रयोगकर्ताले ‘विवादास्पद खानाबाट आफ्नो धारणा राख्न’ आग्रह पछि उनले यस्तो लेखेका हुन् ।

उनको यो ट्वीटले आप्रवासीको अनुभव र अमेरिकामा खान्कीलाई लिएर गरिने जातीय भेदभावबारे वृहत छलफल निम्त्याएको छ ।

उनले भारतीय खान्कीबारे यस्तो लेखेपछि ट्वीटर प्रयोगकर्ताले विभिन्न टिका टिप्पणी र प्रश्न गरेका छन् । भारतीय सेलिब्रिटी शेफ पदमा लक्ष्मीले सोधिन्, ‘के तपाईंसँग टेस्ट बड छन् ?’

‘यस्तो स्वादहिन जीवन बाँच्नेबारे सोच्नुहोस् त,’ अर्को ट्वीटमा भनिएको छ ।

न्यूयोर्ककी पूर्व वकिल प्रित भरारले ट्वीट गरेकी छिन्, ‘टम, म तिमीलाई यस्तो राम्रो ठाउँमा लिएर जानेछु । देशहरुबीच सहकार्य हुन जरुरी छ, #ButterChickenSummit’

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘मिस्टर निकोलसले भारतजस्तो विशाल विविधता भएको देशको एक प्रतिशतभन्दा पनि कम इन्डियन डिश खाएको हुनुपर्छ ।’ निकोलसले अमेरिका र युकेमा भएका रेष्टुरेन्टमा भारतीय खाना खाएको बताएका छन् ।

जब यसबारे भारतीय मिडिलाई थाहा भयो तबदेखि #MyFavoriteIndianFood ट्रेन्डिङमा आएको छ ।

अमेरिकाको राष्ट्रपति पदकी उम्मेद्वार कमला ह्यारीस, जसकी आमा दक्षिण भारतकी हुन्, ले हास्यकलाकार मिन्डी कलिङ्गको कुकिङ भिडियोको टिजरले उक्त ह्यासट्याग प्रयोग गरेर सेयर गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप