साग खेलाडीलाई विशेष प्याकेजको घोषणा गर्दै प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी नेपालका खेलाडीलाई विशेष पुरस्कारको घोषणा गर्दैछन् ।
मङ्गलबार दिउँसो प्रज्ञा भवन कमलादीमा आयोजना हुने कार्यक्रमबीच प्रधानमन्त्रीले खेलाडीलाई विशेष प्याकेचको घोषणा गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बताए । प्रधानमन्त्रीका प्याकेज घोषणा कार्यक्रम राखेपले नै राखेको हो ।
राखेपका अनुसार प्याकेजमा सागका पदक विजेता नेपाली खेलाडीलाई पुरस्कारको व्यवस्था गरिन लागिएको हो । पुरस्कारको बारेमा भने राखेपले खुलाएको छैन । ‘त्यो सरप्राइजनै छ । अब प्रधानमन्त्रीले घोषणा गरेपछि थाहा हुनेछ,’ सिलवालले भने । राखेपले सागअघि खेलाडीलाई पदक जित्न हौसला दिनका लागि यस्तो कार्यक्रम राखेको हो ।
यसैगरी सोही अवसरमा प्रधानमन्त्री ओलीले बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता खेलाडीलाई पनि नगद पुरस्कारबाट सम्मान गर्नेछन् । सरकारले यसअघि घोषणा गरेको जनही तीन लाख रुपैयाँबाट खेलाडीलाई पुरस्कृत गरिन लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण