डिसेम्बर ८ मा ‘मर्यादित महिनावारी’ दिवस मनाइने

काठमाडौं– नेपालमा पहिलो पटक ‘मर्यादित महिनावारी’ दिवस मनाइने भएको छ ।
यही डिसेम्बर ८ को दिनलाई ‘मर्यादित महिनावारी’ दिवसको रुपमा मनाउन लागिएको हो । राधा पौडेल फाउण्डेसनको पहलमा विश्वमै पहिलो पटक यो दिवस मनाइन लागिएको हो । सरकारी निकायसँगको सहकार्यमा दिवस मनाउन लागिएको हो । यो दिवस नेपालका विभिन्न जिल्लाका साथै विश्वका विभिन्न देशले पनि मनाउने फाउन्डेसनले जनाएको छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान यही नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइन्छ । यही अवसर पारेर डिसेम्बर ८मा यो दिवस मनाउन लागिएको फाउण्डेसनका निर्देशक तथा मर्यादित महिनावारीकी अभियन्ता राधा पौडेलले बताइन् ।
डिसेम्बर महिनालाई विश्वभर नै मानवअधिकार महिनाको रुपमा मनाइन्छ त्यसैले महिनावारीलाई पनि मानवअधिकारसँग जोडेर कुरा गर्न लागिएको हो ।
यसैगरी, दिवसको नारा ‘लैंगिकतामा आधारित हिंसा न्यूनीकरण र मानवअधिकारका लागि मर्यादित महिनावारी’ भनिएको छ । महिनावारीका कारण किशोरी र महिलामाथि गरिने विभेद र हिंसाको बारेमा सवैले बुझ्नुपर्ने आवश्यकता भएकाले यो दिवस मनाउन लागिएको अभियन्ता पौडेलले बताइन् ।
मदन पुरस्कार विजेता समेत रहेकी अभियन्ता पौडेलले महिलामा हुने महिनावारीलाई सामान्य कुरा हो भनेर बुझिदिने हो भने महिलामाथि हुने हिंसा र विभेद अन्त्य हुने बताएकी छिन् । उनले ‘मेन्स्टुअल टक, डिग्निटी फर्स्ट’ अर्थात महिनावारीलाई पहिले मर्यादित रुपमा हेरिनुपर्ने बताइन् ।
महिनावारीलाई स्वास्थ्य र सरसफाइको दृष्टिकोणबाट जनचेतना जगाउनको लागि सन् २०१४ देखि हरेक वर्षको २८ मेलाई ‘महिनावारी सरसफाइ’ दिवसको रुपमा मनाइँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओखलढुंगामा अख्तियारको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ अभियान
-
आजदेखि वाइसीएलको सम्मेलन
-
आईसीसीको नयाँ नियमले बलर उत्साही, देख्न पाइनेछ ‘रिभर्स स्विङ’को कमाल
-
चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता
-
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
-
मानव तस्करीको नयाँ ‘ट्रेन्ड’ भिजिट भिसा : सेटिङ मिले विदेश, नमिले घर फिर्ता