१३ औं दक्षिण एसियाली खेलकुद: चारदिन अघिनै भलिबल खेल
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन मंसिर १५ गते हुने भएपनि भलिबल खेल बुधबारदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिाषद् (राखेप) कभर्ड हलमा अपरान्ह ३ः०० बजे सुरु हुने महिला भबिललको पहिलो दिन नेपाल र बंगलादेश भिड्नेछन् । नेपालले लिग चरणको पहिलो खेलमा बंगलादेशसँग खेल्न लागेको हो । ६ देश सहभागी महिला भबिलमा नेपाल समूह ‘ए’ मा परेको छ ।
नेपालको समूहमा भारत र बंगलादेश छन् । समूह ‘बी’ मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् । नेपालले समूह चरणको दोस्रो खेल शुक्रबार भारतसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले सागका लागि यसअघिनै महिला भलिबल टोलीको घोषणा गरिसकेको छ ।
हालै बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि जिते महिला टोलीले उपाधि जित्ने लक्ष्यका साग मिहिनेत गरिरहेको टोलीका प्रशिक्षक जगदिन भट्टले बताए । टोलीकी कप्तान अरुणा शाहीले पनि नेपाली टोलीको एउटै लक्ष्य स्वर्ण रहेको बताइन् । बंगलादेशको प्रदर्शनले पनि सबै खेलाडीको आत्मबल बढेको शाहीको प्रतिक्रिया छ ।
महिला टोलीलाई मंगलबार मात्र नेपाल सरकारले जनही तीनलाख रुपैयाँ पुरस्कारबाट सम्मान गरेको छ । यसैगरी पुरुष भबिलमा पनि नेपालले बुधबार बंगलादेशसँग खेल्दै सागको सुरुवात गर्नेछ । उक्त खेल साँझ ७ः ०० बजे हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण