विप्लवतिरका बडीगार्ड नै बदमास
सशस्त्र गतिविधिमा लाग्दालाग्दै विप्लव नेकपाले आफ्ना कमजोरी आफै औँल्याएको छ । क्रान्तिको चापभित्र केही कमजोरी र समस्या आउनु स्वभाविक नै भए पनि आलि बढी नै आन्दोलनलाई क्षति पु¥याउने खालका समस्याहरु देखापरेको उसले महसुस गरेको हो ।
पार्टीमाथि प्रतिबन्धपछि आँकलन गरेभन्दा बढी आत्मसुरक्षावादी, आत्मसमर्पणवादी र पलायनवादी समस्याहरु देखापरेको उसको ठहर छ । कार्यकर्तादेखि आरबिएम (राज्य व्युरो सदस्य), सिसिएम (केन्द्रीय सदस्य) र पिबिएम (पोलिट्व्युरो) सम्ममा यी प्रवृत्ति देखिएको उसैले स्वीकार गरेको छ ।
राजनीतिक दस्तावेजमा भनिएको छ, ‘कमरेड सुदर्शन (हेमन्तप्रकाश ओली) लाई गिरफ्तार गराउन उहाँकै सुरक्षास्टाफ आशिषले प्रहरी सेल्टरसम्म पु-यायो । उहाँसँग गिरफ्तार भएका रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी र कमाण्डर राजीव आत्मसमर्पण गरेर हिरासतबाट निस्किए । त्यसपछि एक वर्षदेखि जिम्मेवारीमा नखटेका र पार्टी नीतिविपरित बोलेको कारण निलम्बनमा परेका पिबिएम पदम राई सरकारी पार्टीमा छिर्न पुगे । जेलमा परेका बेला पूर्वपिबिएम जीवन्तमा पनि यो समस्या दोहोरियो ।’
आजको जनआस्था साप्ताहिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण